Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७० बर्षे सासुलाई बुहारीले यसरी कुटिन…

Published on 3:34:00 AM //


मन्थली , पुस २६ – सुनारपानी ८ कि ७० बर्षीया वृद्धा मसिना सार्की आफ्नै वुहारीबाट निर्घात कुटिएकी छिन् । घरमा एक्लै वसिरहेकी मसिनालाई वुहारी टीका रोकाले फलामे ढुंग्रीले टाउको, हात र पिँडुलामा प्रहार गरी घाईते वनाएकी हुन् ।

घाईते मसिनालाई स्थानीयले प्राथमिक उपचार गरी वुधबार मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा थप उपचारका लागि ल्याएका छन् । अस्पतालले मसिनाको हातको हड्डी फुटेको भन्दै काठमाण्डौं जान लागि सल्लाह दिएको छ ।

घाईते मसिनाका अनुसार टीकाले सौताले राखेका सरसमान लान थालेपछि ति सामानहरु नचलाईदेउ भन्दा वुहारीको कुटपिट सहनु परेको हो । टीकाकी सौता काम विषेशले काठमाडौं गएकीले उसले प्रयोग गर्ने सामान मसिनाकोमा राखिएको थियो । ‘मैले उसका सामान किन चलाईदेको मात्र भनेकी थिए, उसले एक्कासी भुत्ल्याउदै पहिला अम्रिसोको कुचोले वजाई अनि फलामे ढुंग्रीले जथाभावि हानी’ मसिनाले वताईन् ।

आक्रमणबाट सासुको टाउको फुटेपछि टीका भागेकी थिईन । रगत वगाउँदै रुवावासी गरी तत्कालै छिमेकी हरीवहादुरको घरमा पुगेकी मसिनालाई छिमेकी जम्मा भएर प्राथमिक उपचार गरेका थिए ।

‘यो समेत मलाई ११ पटक भो त्यस्ले कुटेकी’ थरथर काम्दै मसिनाले भनिन् । वुहारी टीका रोकालाई कसैले तह लगाउन नसकेकोमा उनको गुनासो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग