Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ईलाका गोष्ठी सम्पन्न

Published on 5:52:00 PM //

प्रेम सुनार
माघ १४, गुल्मी । जिल्ला विकास समिति गुल्मीले विभिन्न स्थानको ईलाका स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । समितिले ईलाका नम्वर ५ को गोष्ठी थानपति गाविसमा सम्पन्न गरेको छ । गोष्ठीले गोष्ठीले थानापति, रुरु, बलेटक्सार, बम्घा, ग्वादी र रिमुवा गाविसबाट प्राथमिकतामा परेका योजनाहरुलाई अगाडी सारेको छ । गोष्ठीको स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले सहजीकरण गरेका थिए । गोष्ठीमा एकिकृत नेकपा माओबादीका भुपाल पोखरेल, नेपाली काग्रेसका यमबहादुर क्षेत्री, नेकपा एमालेका निलकण्ठ गौतम, नेकपा माओबादीका लिलबहादुर क्षेत्री, राप्रपाका भिमबहादुर राना, जनमोर्चाका टेकबहादुर थापा लगाएतको सहभागिता थियो ।
थानापति गाविस सचिवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका ईन्जीनियर महेन्द्र आचार्यको सञ्चालन रहेको थियो । त्यस्तै ईलाका नम्वर ६ को गोष्ठी पनि दिगाम गाविस कार्यालयमा सम्पन्न भएको छ । गाष्ठीले आर्थिक विकास तर्फ खर्ज्याङ गविसा दुग्ध चिस्यान केन्द्र स्थापना, दिगामको आर्दश उच्च माविको भवन निर्माण, नौविसे विसमुरे खज्र्याङ्ग खोलाको तट वन्ध निर्माण, दौँघामा आकासे पानी संकलन योजना लगाएत ३० वटा योजनालाई प्राथामिकिकरणमा पारेको छ ।
गोष्ठीमा एकिकृत नेकपा माओबादीका गिरीराज पाण्डे, नेपाली कांग्रेसका हरिप्रसाद न्यौपाने, नेकपा एमालेका नर्मदा भण्डारी, जनमोर्चाका कृष्ण रेग्मी, राप्रपाका मेघराज पन्त, राप्रप नेपालका लालबहादुर थापा नेकपा माओबादीका विरबहादुर कार्की लगाएतको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले गरेका थिए । कार्यक्रममा जिल्ला ईन्जीनियर लालु गिरीले विषय बस्तुबारे प्रकाश पारेका थिए । हुँगा गाविस सचिव दण्डपाणी पाण्डेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला प्राविधिक कार्यालयका शंकरमण्डलको सञ्चालन रहेको थियो । यसै विच ईलाका नम्वर १ को ईलाका स्तरयि योजना तर्जुमा गोष्ठी खड्गकोट गाविसमा सम्पन्न भएको एकिकृत नेकपा माओबादीका भुपाल पोखरेलले जानकारी गराएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग