Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेन्टले ज्यान गएका परिवारले क्षतिपुर्ति पाएनन (अडियो सहित)

Published on 5:53:00 PM //


प्रेम सुनार
माघ १४, गुल्मी । केहि महिना अघि करेण्ट लागेर मृत्यु भएका गुल्मी पिपलधार गाविस वडा नम्वर ५ का तेजबहादुर थापका परिवारजनले अझै क्षतिपुर्ति पाउन सकेका छैनन् । गत मंसिर १० गतेका दिन स्थानिय निन्युधारा जंगलमा गाई चराउन गएका ६० वर्षिय थापाको करेन्ट लागेर ज्यान गएको थियो । विधुत प्राधिकरण गुल्मी शाखाको चरम लापर्बाहीका कारण बाबुको ज्यान गए पनि अहिले सम्म आफुहरुले क्षतिपुर्ती पाउन नसकेको मृतकका छोरा हरि थापाले गुनासो गरेका छन् ।
करिव ११ हजार भोल्टेजको हाईटेन्सन लाईनको सर्पोटेट तार विधुत सर्ट हुने गरी हरियो रुखमा लगेर अडाउँदा पनि बिधुत प्राधिकरणलाई थाह नहुनुले बाबुको ज्यान गयो तर अहिलेसम्म क्षतिपुर्ति पाएका छैनौ थापाले भने माथी प्रकृया बढेको छ भन्दै झुलाईएको छ । यस सम्वन्धमा विधुत प्राधिकरण गुल्मी शाखा प्रमुख नवलकिशोर गोईतसंग सम्पर्क राख्दा प्रकृया अगाडी बढाईएको बताए । ‘बुटवलमा कमिटी बनि सकेको छ ’गोईतले भने ‘कमिटीका मान्छे आएर स्थलगत रिर्पोट तयार गरी केन्द्रमा पठाएर क्षतिपुर्ति दिलाउने छन् । ’
त्यस स्थानमा हिजोे लापर्बाही भए पनि अहिले नभएको उनको भनाई छ । गत वर्ष वस्तु गाविसको हुलाके पारी गाउँमा पनि त्यसरी नै रुखमा बिधुतको तार लत्रिएर एक महिला सहित तिन जना बाल बालिकाको झण्डै ज्यान गएको थिएन ।

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग