Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकार विरुद्ध तम्घासमा आन्दोलन

Published on 4:23:00 PM //


जनार्दन घिमिरे
सरकार विरुद्ध सदरमुकाम तम्घासमा निकालिएको जुलुस । तस्बिर: तारा भुषाल 
गुल्मी, १२ माघ । सरकार विरुद्ध आन्दोलन शुरु गरेका विभिन्न दलहरुले आज गुल्मीमा पनि सरकार विरुद्ध विरोध जुलुस प्रर्दशन गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले लगायतका राजनैतिक दलहरुले आज सदरमुकाम तम्घासमा निकालेको जुलुस तम्घास वजार परिक्रमा गरि विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजन पन्त, नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे तथा जिल्ला स्थित विभिन्न आन्दोलनरत राजनैतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले सरकार निकम्मा वनि देशमा मुर्दा शान्ति स्थापना गर्ने तर्फ उद्यत वनिरहेको आरोप लगाएका थिए । उनीहरुले नागरिकको सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न नसक्ने सरकारले तत्काल राजिनामा दिनु पर्ने माग समेत गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग