Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ कक्षामा पढ्ने बालिकाले आत्महत्या गरिन्

Published on 10:38:00 PM //


पाल्पा, पुस २९, पाल्पा तानसेन टक्सार टोलमा १४ बर्षीया बालिकाले आत्महत्या गरेकी छिन्।
एकतले टिनको छाना भएको घरमा बाँसको दलिनमा पासो लगाएर मोनिका गुप्ताले आत्महत्या गरेकी अनुसन्धानमा खटिएका प्रहरीले बताए । कोठा भित्र चुकुल लगाएर उनले यस्तो गरेकी हुन्।
विपन्न परिवारकी उनका बाबुको निधन भएपछि आमा अर्कैसंग बिहे गरेर बसेकी छिन्। सौतेलो बाबु र आमासंग बस्दै आएकी उनले किन आत्महत्या गरिन भन्ने खुलेको छैन। उनी तानसेन स्थित मोहन कन्या उच्च माविमा कक्षा पाँचमा पढ्ने छात्रा हुन्। -दैनिकपत्रिकाडटकमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग