Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सैनिक कमाण्डरहरुको स्वागत र विदाई

Published on 10:27:00 AM //


गुल्मी, माघ २८, कर्मचारी मिलन केन्द्र गुल्मीले अदली बदली हुन लागेको धागीथुम ब्यारेका सैनिक कमण्डरद्धयलाई स्वागत र विदाई गरेको छ। गत तिन वर्षदेखि गुल्मी धागीथुम ब्यारेकमा कार्यरत नेपाली सेनाको कालिदत्त गुल्मी बदलि भई जोमसोङ्ग जाने लागेको र त्यसको ठाउँमा पर्शाबाट गुरु गोरख गुल्म आउने भएकोले जान लागेको गुल्मका गुल्मपति सेनानी मनोज थापालाई विदाई र आईपुगेको गुल्मका गुल्म पनि सेनानी दिल विक्रम लिम्वुलाइ स्वागत गरेको हो। कार्यक्रममा प्रमुख अतिथी जिल्ला न्याधिष कृष्णराम कोईरालाले गुल्मीमा आउने कर्मचारीलाई यहाँबाट फर्किनै गाह्रो हुने बताउनु भयो।
यहाँको बातवरण, यहाँका मानिसहरुको स्नेह र कर्मचारीहरुको मिलनसार ब्यबहारले गुल्मीबाट फर्किन गाहा्रे हुने उह्ाँको धारण थियो। विदाई हुन लाग्नु भएका सेनानी मनोज थापाको मिलनसार ब्यक्तित्वको प्रशंसा गर्दै जिल्ला न्याधिष कोईरालाले थापाको आगमी कार्यकाल सफल रहोस भन्ने कामना गर्नु भयो। उहाँले भखैर्र आउनु भएका सेनानी दिल विक्रम लिम्वुको कार्याकालमा पनि कर्मचारी विच मेल मिलाव र जिल्लाबासीको सेवामा सहयोगको भावना कायमै रहने अपेक्षा राख्नु भयो। कार्यक्रममा सेनानी लिम्वुले आफुले सेनाबाट गर्न सकिने सहयोग आफ्नो कार्यकालमा कमी नहुने प्रतिबद्धता जाहेर गर्नु भयो। त्यस्तै सेनानी मनोज थापाले ७ महिनाको कार्यकाल वितेकै थाह नभएको बताउनु भयो। यहाँका कर्मचारी यहाँका समुदायको रहन सहन र बातवरणबाट आफु प्रभावित भएको भन्दै उहाँले गुल्मीबाट विदाई हुनु पर्दाको क्षर्णले नरमाईलो महसुस गरेको बताउनु भयो। कालिदत्त गुल्मको एक टुकुडी त्यसतर्फ गई सकेको जानकारी गराउँदै अव सवै त्यसर्फ प्रस्थान गर्ने भन्दै गुल्मीबासीलाई गहिरो सम्झना प्रकट गर्नु भयो। कार्यक्रममा प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्ले , जिल्ला विकास समितिका योजना अधिकृत बाबुराम पल्ली लगाएतका सरकारी कार्यालका प्रमुखहरुको सहभागिता थियो। कार्यक्रम कमस्चारी मिलन केन्द्रका सचिव शंकरप्रसाद गौतमको अध्यक्षता र विध्यालय निरक्षक दिपक भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग