Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बस भित्र महिलामाथी हातपात गर्ने पक्राउ

Published on 10:29:00 AM //


प्रेम सुनार
गुल्मी, माघ २८, हिजो दिउँसो मादक पदाथी सेवन गरी गुल्मी अर्खेलेको सेउवामा बसमा यात्रा गरी रहेकी महिलालाई हात पात गर्ने अर्जेका एक ब्यक्ति प्रहरीद्धरा पक्राउ परेका छन्। तम्घासबाट सेउवा सम्म यात्रा गरी रहेका महिला कमला गौतम र सुशिला गौतमलाई अश्लील गाली गलौज गर्दै हात पात गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गुल्मीले अर्जे गाविस वडा नम्वर ५ वस्ने टिकाबहादुर ज्ञवालीलाई पक्राउ गरेको हो।
स्थानियवासीले निजलाई सेउवामा समातेर सुचित गरेपछि निजलाइ पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले बताए। पिडित महिलाबाट लिखित उजुरी परेपछि कार्वाही प्रकृया अगाडी बढाईने काफ्लेको भनाई छ। तम्घासबाट लु.१ख ६६१७ नम्वरको मिनी बस अर्जे जाँदै गरेको थियो। त्यस बसमा यात्रा गरेका उनले अभद्र्र ब्यबहारको प्रतिबाद गर्ने क्रममा चुल्ठो समातेर गाडीमा टाउको ठोक्काई दिएको कमला गौतमले बताईन्। अश्लील शब्द बोल्ने , कुट पिट गरेका उनले प्रहरीलाई बोलाउँदा तेरो प्रहरीले के गर्छ ५ वर्ष जेल बसेर र्आएको हुँ भन्दै धम्की दिएको गौतम नन्द भाउजुको भनाई छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग