Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाले खोले गाउँमै ढाका उद्योग

Published on 4:14:00 AM //


शिबलाल सुबेदी
गुल्मी, पुस २४ । धेरै बेरोजगारले बिभन्न प्रकार सिपमुलक तालिम लिन्छन । सिपमुलक तालिमपछि कोही पशिक्षक बन्छन भने कोही जागिर खान्छन । तर यहाँका तीन महिलाले सिपमुलक तालिम लिएपछ आफ्नै उद्योग सञ्चालन गरेका छन । शान्तिपुर गाविसबाट ढाका बुनाई तालिम लिएपछि उद्योग सञ्चालन गरेका छन ।
अहिलेसम्म सिपमुलक तालिमको नाममा ढाका बुनाई तालिम मात्र सिकेका जिल्लाको क्षेत्र नम्बर १ शान्तिपुर ७ की पार्वता राना, शान्तिपुर ८ की इश्वरी  थापा र ९ की दुर्गा बिश्वकर्माले उद्योग स्थापना गरि ब्यवसाय सञ्चालन गरेका हुन । सामान्य चिनजान रहेका उनीहरुले तालिम अवधिमै तालिम सिकेकपछि तीन जना मिलेर लगानी गर्ने तथा उद्योग सञ्चालन गर्ने सल्लाह गरेर उद्योग स्थापना गरेको बताए । उनीहरुले प्रगतिशिल ढाका बुनाई तथा दुर्गा ढाका बुनाई नामका २ बटा उद्योग दर्ता गरि शान्तिपुर बजार १ श्रीलङ्का टोलमा आफ्ना उद्योग सञ्चालन गरेका छन ।
गरे के हुँदैन: गुल्मी शान्तिपुर १ मा ३ जना महिलाहरुले सञ्चालन गरेको ढाका उद्योगमा ढाका उत्पादन गर्दै कामदार । सीपमुलक तालिमको नाममा ढाका बुनाई मात्र सिकेका उनीहरुले शूरुमा १०-१० हजार रुपैँया लगानी गरेर उद्योग स्थापना गरेका हुन । तस्बिर: शिबलाल सुबेदी
१०-१० हजार लगानी गरेर काम शुरु ग¥यौ, पार्वताले भनिन । लगानी पनि डुब्ने हो की भन्ने डरले थोरै लगानी ग¥यौ, धेरै लगानी गर्नुपर्दो रहेछ उनले बताईन । अहिले उनीहरुले आफ्नो लगानीलाई बढाएर ५० हजार पु¥याएका छन । उनीहरुको उद्योगमा सल, दोसल्ला, गलबन्दी, टोपी, चोलो, रुमाल लगायतका ढाकाका सामानहरु उत्पादन हुन्छन । मासिक ५० हजार भन्दा बढीको कारोवार गर्ने गरेका छौ, तीन जनाले उत्पादन गर्दा पनि माग अनुसार सामान उत्पादन गर्न सकेका छौनौ दुर्गा बिश्वकर्माले गुल्मीन्युजसगँ भनिन । आफुसगँ कुनै पनि सिप नभएको अवस्थामा जिवन सञ्चालन कसरी होला भन्ने चिन्ताले सताउथ्यो तर अहिले सानो लगानीमा स्थापना गरेको ढाका उद्योग आम्दानीको राम्रो स्रोत बनेको छ उनले बताईन । बिहानदेखि साझँसम्म काम गर्दा पनि सामान पु¥याउन सकिएको छैनौ, बजारमा ढाकाको कपडाको माग बढीरहेको बताउदै दुर्गाले बाहिरबाट पन सामानको माग आईरहेको छ तर यहाँ शान्तिपुर बजारमा पनि सामान पुगेको छैन उनले बताईन । ३ बर्ष अगाडि ढाका बुनाई तालिम सिक्दा आफुलाई कुनै दिन पनि उद्योगको मालिक बनिएला भन्ने लागेको थिएन, तर सिपमुलक तालिमले छिट्टै नै मालिक बनायो अर्की उद्योग सञ्चालक इश्वरी थापाले आफ्नो खुसी ब्यक्त गरिन । तालिम लिएको ३ बर्ष पुगेर ४ बर्षमा लागेको छ , तालिम लिएर उद्योग सञ्चालन गर्दा हामीहरु बिच सामान्य मात्र चिनजान थियो अहिले कुनै कारण १ जना उद्योगमा नआउदाँको दिन अप्ठारो लाग्ने गर्दछ थापाले भनिन ।
२०६८ साल बैशाखमा जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी उद्योग बाणिज्य सघंले गरेको प्रथम गुल्मी महोत्सवमा समेत उनीहरुले आफ्नो उद्योगको स्टल राखेर सहभागीता समेत जनाएका थिए । गाविसले २ पटक गरेर २४ जनालाई ढाका बुनाई तालिम दिएपनि उनीहरुले मात्र तालिमपछि गाविसमा उद्योग सञ्चालन गरेका हुन । उनीहरुले अहिले आफ्नो लगानी बाहेक मासिक १० हजारभन्दा बढी बचत गर्ने गरेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग