Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनताले सकेनन् अब सेनाले खन्ने भो गुल्मीको सडक

Published on 9:05:00 AM //


प्रेम सुनार
पौष २५, गुल्मी । । गुल्मी लगायत यस क्षेत्रमा त्यति ठुलो चट्टान फोर्ने कुनै मेशनरी उपकरण नभएपछि गुल्मीको एक सडक नेपाली सेनाले खन्ने भएको छ । गुल्मी क्षेत्र नम्वर १ को रुद्रवेणी-हर्मिचौर-पुर्तिघाट सडक सेनाले खन्ने भएको स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली जानकारी दिएका छन । ‘त्यस सडक खण्डमा एउटा डेढ सय मिटर र अर्को झण्डै २ सय मिटर लामो चट्टान रहेको छ ’ स्थानिय बिकास अधिकारी ज्ञवालीले भने "स्थानिय स्तरबाट केहि नलागेपछि क्याविनेटले सेनालाई जिम्मा दिने निर्णय गरेको छ ।"
मन्त्री परिषदले त्यसका लागि एक करोड रकम निकासी दिने निर्णय समेत गरेको जानकारी प्राप्त भएको उनको भनाई छ । २०५८ सालदेखि उक्त सडक सुरु गरिए पनि ति चट्टान फोर्न नसकेपछि स्थानियबासीले खनेको सडकमा खेतीपाती गर्दै आईरहेका छन् । करिव ७ किलोमिटर चट्टान सेनाले फोरी दियो भने क्षेत्र नम्वर १ को अति विकट गाविस भुर्तुङ्ग, जयखानी, फोक्सीङ्ग, खड्गकोट, अर्वेनी, पुर्तिघाट, हर्मीचौर, ठुलोलुम्पेकका साथै पर्वत र बाग्लुङ्ग जिल्लाका जनता समेत लाभान्वीत हुने जिल्ला विकास समितिका सुचना अधिकृत शंकरप्रसाद गौतमले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग