Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा घरबाट हराउने/भाग्ने महिलाहरुको संख्या बढ्यो

Published on 11:56:00 AM //


प्रेम सुनार
पौष २५, गुल्मी । श्रीमान मलेशिया भएकी गुल्मी पिपलधारकी एक महिला आज स्थानिय एक पुरुषसंग भागिन भन्दै प्रहरीमा सुचित गरीदिन फोन आयो । हिजो बेलुकी सदरमुकाममा भेटिएका ति जोडी आजै बुटवलतिर बस चढेको बताईएको छ । उनिहरु भारततिर लाग्ने हुन वा फर्किने हुन यो स्पष्ट नभए सम्म नाम गोप्य राखिएको छ । ति महिलाका तिन सन्तान घरमा विचल्लीमा रहेका स्थानियबासीले बताए ।
केहि दिन अघि मात्र गौँडाकोटकी सरस्वती श्रीमान भारतमा उनि फोन लभका भरमा बझाङ्गका एक ब्यक्तिसंग पोईला गएको बुझिएको छ । उनले श्रीमानको झण्डै चार लाख बराबरको धन माल लिएर गएको भन्दै परिवारले उजुरी दिएको प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले बताउनु भयो । गौँडाकोटकै अर्की महिला गुल्मी बिकास बैँक र स्थानिय महिला समुहबाट एक लाख ४० हजार लिएर भागेकी छन् । अमरपुरकी एक महिला श्रीमानाट बेखबर भई बसेको चार बर्षपछि तम्घासस्थित श्रीमानबाट पालन पोषण गरी पाउँ भनि उजुरी दिन आएकी छन्।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका डेस्ककी महिला प्रहरी हवल्दार विष्णु न्यौपानेले दिएको जानकारी अनुसार मंसिर र पुषको आज सम्म १४ जना महिलाहरु घरबाट हराएर खोजीका लागि उजुरी परेका छन ।
न्यौपानेका अनुसार मंसिरमा हराएका ८ वटी महिलाहरु मध्ये चार जनालाई प्रहरीले फेला पारेर परिवारको जिम्मा लगाएको छ । त्यस्तै पुष २५ गतेसम्म ६ वटी महिला घरबाट हराएका मध्ये एक जना मात्रै फेला परेकी छन् । यसरी जाडोमा घरबाट हराउने महिलाहरुको यो संख्या हिउँद महिनाको भन्दा बढी हो । प्रहरीमा परेको उजुरी अनुसार जाडो महिना लागे लगत्तै महिला हिंसाका घटना पनि बृद्धि भएको छ । मंसिरमा एक महिला जवरजस्ती करणीमा, १२ जना कुट पिटमा, ३ जना खान लाउन नदिएकोमा र ३ जना महिला गाली बेईजती गरेकोमा प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सोही महिनामा ५ जना महिलाले आत्माहत्या गरेका छन् । एक जना बाल बिवाह, एक जना सार्वजानिक अपराध र एक जना कर्तब्य ज्यान सम्वन्धी मुद्धामा परेका छन् । त्यस्तै पुष महिनामा २ चोरीका, १ बोक्सी आरोप, २ गाली-गलौज, १ खान लाउन नदिएको लगायतको महिला हिंसाका उजुरी परेको प्रहरी हवल्दार न्यौपानेले बताईन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग