Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यसरी आँखामा कालो पट्टी बाँधेर धर्ना दिए गुल्मीका पत्रकारहरुले

Published on 5:03:00 PM //

आँखामा कालोपट्टी ः नेपाल पत्रकार महासंघ गुल्मीको आह्वानमा
आँखामा कालो पट्टी बाँधेर सरकारको विरोध गर्दै पत्रकारहरु ।
तस्विर ः घनश्याम गौतम

घनश्याम गौतम
गुल्मी– दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरुलाई सरकारले उन्मुक्ति दिन खोजेको विरोधमा शुक्रवार नेपाल पत्रकार महासंघको आह्वानमा यहाँका पत्रकारहरुले आँखामा कालो पट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना दिएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको सरकारले खुलेआम कानूनी शासनको उपहास गरेको भन्दै पत्रकारहरुले आँखाका कालो पट्टी बाँधेर सरकारको विरोध गरेका हुन् । पत्रकाहरुले अभियुक्तहरुलाई कानूनी दायरामा ल्याएर कारवाही प्रकृया अगाडी नबढाए सरकारले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिए ।
पत्रकार महासंघको नेतृत्वमा भएको धर्नामा क्रान्तिकारी पत्रकार संघ, प्रेस युनियन, प्रेस चौतारी, नेपाल बार एशोशियसन, गैर सरकारी संस्था महासंघ, इन्सेक, नेपाल महिला संघ, युवा संघ, लगायत संघ संस्था र सर्वसाधरण नागरिकहरुले ऐक्यबद्धता जनाउँदै धर्नामा सहभागि भएका थिए । अभियुक्तहरुलाई कारवाही नभएसम्म महासंघले आन्दोलनलाई जारी राख्ने जनाएको छ ।
त्यस्तै अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि मानवअधिकारको रक्षा गर्न र कानूनी शासन स्थापित गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाल पत्रकार महासंघ सहित विभिन्न १६ वटा पेशागत संघ संस्था, गैरसरकारी संस्था लगायतले ऐक्यबद्धता जनाएको इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग