Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारका मुख्य सचिवद्धारा ऋषिकेष क्षेत्रको अवलोकन

Published on 2:43:00 PM //


प्रेम सुनार
गुल्मी, पौष २१ । देवदूत पार्क उद्घाटनको सिलसिलामा हिजो गुल्मीको धार्मिक स्थल रिडी आउनुभएका नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले रुरु क्षेत्रको महत्वपुर्ण धार्मिक स्थान ऋषिकेश क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले आफु गुल्मी आई पुग्दा ऋषिकेश दर्शन नगरी नफर्किने गरेको भन्दै ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीसँग मन्दिर क्षेत्रको भौतिक पुर्वाधारका विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँसँगै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल लगायतका सरकारी कार्यालयका प्रमुखहरु पनि ऋषिकेश मन्दिरको अवलोकनमा पुगेका थिए ।
ऋषिकेश मन्दिरमा २०५६ उताको आर्थिक हिसाव नै नभएको त्यसपछि भने कुल ६ लाख रुपैयाँ कोषमा राखिएको अध्यक्ष रेग्मीले संचारकर्मीलाई जानकारी दिनुभएको थियो । रसिद काटेको रकम मात्र हिसाव किताव हुने तर मन्दिरमा चढाईएको नगद भेटी र सुन चाँदी जस्ता मुल्यवान चिजहरु पुजारीहरुले नै चलाउने गरेको उहाँले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग