Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिपको ठक्करबाट एकको मृत्यू

Published on 2:47:00 PM //


प्रेम सुनार
पौष २१, गुल्मी । गुल्मीको तम्घासमा जिपको ठक्करबाट एकजनाको मृत्यू भएको छ । गएराती तम्घासको धागीथुमस्थीत कच्ची सडकमा लु १ च ३७३४ नम्बरको जिपले ठक्करबाट तम्घास ३ धागीथुमका ६२ वर्षिय राम बहादुर थापाको मृत्यू भएको हो ।
ठक्करबाट टाउकोमा गम्भिर चोट लागेका थापाको तम्घास अस्पत्तालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थापालाई ठक्करदिई फरार भएका जिप चालक ईश्मा रजस्थल ६ का २१ वर्षिय धुर्ब थापालाई राती ४ बजेदेखि विभीन्न स्थानमा प्रहरीले छापा मारी पक्राउ गरी जिप र चालकलाई नियन्त्रणमा लिएको प्रहरीनायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो । मृतक थापा २७ वर्ष सम्म गाविससचिवको रुपमा काम गरी अवकासमा निश्केका पूर्व कर्मचारी हुन् । थापाका श्रीमतीको मृत्यू भईसकेको र तीन छोरी र २ छोरा रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग