Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमा प्रतिक्षालय वनाउन सरकारका मुख्य सचिवसँग रकम माग

Published on 2:42:00 PM //


प्रेम सुनार
गुल्मी, पौष २१ । अति व्यस्त मानिने रिडी, तमघास सडक खण्डको रिडीमा प्रतिक्षालय निर्माणका लागि त्यस क्षेत्रका महिलाहरुले हिजो नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलसमक्ष निवेदन पेश गरेका छन् ।
कालीका आमा समुहका महिलाहरुले रिडीमा प्रतिक्षालय वनाउन स्थानीय तहवाट रकम विनियोजन नभएको भन्दै मुख्य सचिवसमक्ष सहयोग उपलव्ध गराई पाउँ भनि निवेदन दिएका हुन । निवेदन पढेपछि मुख्य सचिव पौडेलले गाविस त्यो पनि नभए जिल्ला विकास समितिले गर्नुपर्ने सानो काम नगरिदिनु दुःखको कुरा भएको वताउनुभयो । रुरु गाविसका राजनीतिक दल तथा गाविस सचिवतर्फ लक्षित गर्दै मुख्य सचिव पौडेलले निर्देशनको भाषामा आवश्यक ठानेर प्रतिक्षालय वनाउन महिलाहरुलाई रकम विनियोजन गरिदिन आग्रह गर्नुभएको थियो । श्रोतका अनुसार १÷२ लाख रकम त्यस गाविस र जिल्ला विकास समितिले छुट्टयाईदिन नसकेका कारण ती निकायलाई व्यङ्ग स्वरुप स्थानीय महिलाहरुले नेपाल सरकारकै मुख्य सचिवलाई रकम माग गरेका हुन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग