Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दोस्रो बिहे गर्ने २० बर्षिय शिवलाल बिरुद्द उजुरी

Published on 6:23:00 PM //


नरेश भण्डारी
गुल्मी, माघ ४ । भुर्तुङ् गाविस-३ की २० वर्षीया शान्ति गिरीका पति २० वर्षीय शिवलाल गिरीले दोस्रो विवाह गरेको आरोपमा पीडित शान्तिले ०६९ माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

शिवलालले सोही ठाउँकी शुन्तली थापालाई ०६९ पुस २९ गते दास्रो पत्नीको रुपमा भित्राई कुटपिट गर्दै यातना दिएकोले न्याय पाउँ भन्दै पीडितले उजुरी दिएकी हुन् ।

यसैगरी, जयखानी गाविस-८ की २१ वर्षीया शान्ति दमाईले पति २३ वर्षीय गगन दमाईले बहुविवाह गरेको आरोपमा ०६९ माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

गगनले पर्वतको पठ्यारबाट ०६९ पुस १० गते २० वर्षीया हरिकला दमाईलाई दोस्रो पत्नीको रुपमा भित्राई मानसिक र शारीरिक यातना दिई खान लगाउन समेत नदिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी हुन् ।

दुवै घटनामा आवश्यक अनुसन्धानपछि कारवाही हुने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जितेन्द्र बस्नेतले जानकारी दिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग