Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा आफ्नै नेपाली साथीको छुरा हानी हत्या गरे नेपालीले

Published on 6:27:00 PM //


उमाकान्त पाण्डे गाउंले
५ माघ, अवुधावी । यूएईमा एक नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन् । रोजगारीको शिलशिलामा यूएईको आबुधाबी पुगेका अर्घाखाँची सन्धिखर्क चुत्रावेशी भत्तीटोलाकाका ४६ बर्षीय चन्द्र बहादुर थापाको अर्घाखाँची डिर्भनाका ४० वर्षीय एक बहादुर बस्यालले विहीवार छुरी प्रहार गरी हत्या गरेका हुन् । यूएईको आबुधाबीमा रहेको अल हुसाम जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत उनीहरुवीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिएपछि बस्यालले थापामाथि छुरी प्रहार गरेका थिए । मृतक थापा गएको ६ वर्ष देखि नै सोही कम्पनीमा काम गर्दै आएका थिए ।

 बस्यालले थापाको पेटको मध्य भागमा लगातार तीन चार पटक छुरी प्रहार गरेको र अत्यधिक रगत बगेकोले थापाको घटनास्थलमै ज्यान गएको उनीसंग एउटै कोठामा बस्ने एक नेपालीले जानकारी दिए । उनका अनुसार कोठाको लाइट बाल्ने निभाउने गरिरहेका बस्याललाई सबैले बत्ती निभाएर सुत्न आग्रह गरेको तर बस्यालले आफुले मदिरा खाँदै जागाराम बस्ने भोली शुक्रवार बिदा छ भन्दै अटेर गरिरहेको बिषयमा सामान्य भनाभन भएको थियो । ‘तिमी यसरी सधैं मदिरा सेवान नगर , घर परिवार साथी भाई इस्ट मित्रले भनेको पनि मनमा लिने गर, भन्दै थापाले सम्झाउदा बस्याल आवेशमा आई थापा निदाएपछि एक्कासी उनी माथि धारिलो चक्कु प्रहार गरेका थिए ।

मृतक थापा र बस्याल गएको ४ वर्ष यता आबुधाबीको मुसाफा ४० नम्बर मा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा सगैं बस्ने गर्थे । मृतक थापाका छोरा पनि सोही कम्पनीको अल झविस क्षेत्रमा कार्यरत छन् । मृतक थापाका एक श्रीमती, एक छोरा र एक छोरी छन् । हत्याका आरोपितलाई अहिले आबुधाबी प्रशासनले पक्राउ गरेको छ । अबुधाबीस्थित नेपाली दूतावासका द्वितीय सचिव लोकबहादुर थापा क्षेत्रीले हत्याबारे थप अनुसन्धानका लागि शब नचाहिने भएपछि नेपाली पठाइने वताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग