Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गीत गाएर चन्दा माग्दै दृष्टिविहीन

Published on 7:10:00 PM //


भरत पाण्डेय, धुर्कोट (गुल्मी)
अपाङ्गले बोल्दैछु साँचो हो, मायासँगै अवसरको खाँचो हो
दुःखसुखमा साथ दिनुहोस्,साकार पार्न अपाङ्गको सपना, लौ न केही सहयोग गर्नुहोस् ।।
दस जना दृष्टिविहीन– कोही हार्मोनियम बजाउँछन्, कोही बाँसुरी, मादल अनि कोही गीत घन्काउँछन् । उनीहरुको गीत सकिनासाथ पाँचदेखि हजार रुपैयाँसम्म सहयोग गर्ने दाताहरुको लाम लाग्छ । यसरी दिन बित्न थालेको तीन महिना भयो उनीहरुको । दिनमा पाँच÷दस हजार रुपैयाँ उठ्छ, उनीहरु सामान्य कोठामा सुत्छन्, सादा दालभात र तरकारी खान्छन्, त्यसमा पनि सस्तोमा खाना खुवाउन होटल मालिकलाई अनुरोध गर्छन् ।

अपाङ्गताका कारण दुःख पाइरहेका बालबालिका एवम् दृष्टिविहीन महिलाका लागि सहयोग जुटाउन तल्लीन दृष्टिविहीनहरुको एक समूहको दैनिकी हो यो । कास्कीको नयाँगाउँ–१५ पोखरामा रहेको असहाय तथा दृष्टिविहीन संरक्षण केन्द्रका सदस्यहरु यसरी नै गीत गाउँदै चन्दा सङ्कलन गर्दै गाउँ घुमिरहेका हुन्छन् ।
‘हामीले पोखरा, नयाँगाउँमा १२ वर्ष मुनिका १० जना अपाङ्ग बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिइरहेका छाँै, पाँचजना दृष्टिविहीन महिलालाई सीप सिकाइरहेका छाँै, आफू अपाङ्ग भए पनि हामीजस्तै अरूका लागि केही गर्ने योजना छ, सहयोग गर्नुस् भन्दै गाउँदै हिँडेका छाँैँ’–सो केन्द्रका अध्यक्ष वकिल मियाँ अन्सारीले भन्नुभयो ।
सहयोग गर्नुस, दिदीबहिनी–दाजुभाइ,
प्रकृतिले ठगेका हामीलाई,
मनको आँखा खोली हेरौँला,
यो जुनीलाई अपाङ्ग पालेर, अर्कोजुनी संसार हेराँैला ।।
यसरी गीत गाएर सहयोग माग्दै गुल्मी आइपुगेका अल्पदृष्टि अपाङ्ग विराटनगरका भीमबहादुर बरालको घरमा खान–लाउनका लागि कुनै दुःख छैन, सम्पत्ति छ, छोरा भारतको कोलकातामा चार्टर्ड एकाउण्टेन्ट पढ्दैछ, छोरी स्टाफ नर्स पढ्दैछिन् । ‘तर आफू भने अपाङ्ग भएर पनि अरुका लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले घर छाडेर सहयोग माग्दै हिँडेको छु’–सो केन्द्रका कार्यक्रम संयोजकसमेत रहनुभएका बरालले भन्नुभयो ।
सो समूहको काम गीत गाउँदै हिँड्ने र रकम जम्मा गर्ने मात्र होइन, उनीहरुले आफूहरु पुगेको ठाउँमा छदेखि १२ वर्ष उमेरका कोही दृष्टिविहीन भेटेमा सँगै केन्द्रमा लिएर जान्छन् । अपाङ्गलाई सीप र क्षमता विकासको अवसर दिई आत्मनिर्भर बनाउन सरकारले पर्याप्त ध्यान नदिएकाले जनताबाटै सहयोग जुटाएर केही गर्ने योजनाका साथ आपूmहरु हिँडेको कार्यक्रम संयोजक बराल बताउनुहुन्छ ।
संस्था समाजकल्याण परिषद्मा दर्ता भएको तीन महिनामात्र भयो, तर पनि यो छोटो अवधिमा धेरै काम गरेको दाबी गर्नुहुन्छ उहाँ । अपाङ्ग एवम् दृष्टिविहीन बालबालिकालाई एसएलसीसम्म पढाउने र महिलालाई सीप सिकाएर आयआर्जन गर्नसक्ने बनाएपछि उनीहरुलाई आफन्तको जिम्मा लगाउने योजना संस्थाको रहेको बताइएको छ ।
तीन महिनाको अवधिमा १० बालबालिकालाई पढाइएको, पाँच महिलालाई सीप सिकाइएको, साढे चार लाख रुपैयाँबराबरको वाद्यवादन सामग्री किनेको बताउँदै उहाँले भन्नुभयो– बस्नका लागि मासिक रु.६० हजार, गाडी भाडाका लागि रु ५० हजार र रु १५ हजारको पेट्रोल, कलाकार र सदस्यका लागि खाना खर्च आदि गरेर पनि अहिलेसम्म डेढ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छाँै ।
बालबालिका एवम् महिलाको अध्ययन, पालनपोषण र सीप सिकाउनका लागि पोखरामा घरभाडामा लिएर होस्टेल सञ्चालन गरिएको र तीनजना अपाङ्गलाई जागिरसमेत दिइएको छ । गीत गाउँदै सहयोग जुटाउँदै कास्की, स्याङ्जा, पर्वत र पाल्पा हुँदै गुल्मी आइपुगेका उनीहरुले आपूmहरु सकेसम्म कम खर्च गरेर हिँड्ने गरेको बताएका छन् । सबै आँखा नदेख्ने भएकाले कहाँ जाने, के गर्ने भन्ने समस्या हुने भएकाले गाडी भाडामा लिएका छौं, त्यो बाहेकको खर्च जतिसक्दो कम गर्ने प्रयास गरेका छाँै–बरालले भन्नुभयो ।
आपूmहरुलाई अहिलेसम्म सरकारी निकाय एवम् कुनै गैरसरकारी संस्थाबाट सहयोग प्राप्त नभएको र गैरसरकारी संस्थाहरुसँग सहयोगका लागि कुरा गरे पनि पहिल्यै ५० प्रतिशत कमिसन माग्छन्–कार्यक्रम संयोजक बरालले गुनासो गर्नुभयो ।
सरकारी निकायबाट अन्य सहयोगको सट्टा स्याङ्जामा खाली रहेको सरकारी भवन उपलब्ध भएमा अपाङ्ग विद्यालय सञ्चालन गर्ने सोच रहेकाले यसका लागि सहयोग गरिदिन उनीहरुले सम्बन्धित निकायसित माग गरेका छन् ।

सहयोग सङ्कलनका लागि मेचीदेखि महाकालीसम्म पुग्ने योजना बनाएका उनीहरुले आफूहरुले सङ्कलन गरेको सहयोग रकमबाट दाताहरुको नामावलीसहितको एक पुस्तिका प्रकाशन गरी एकप्रति सरकारलाई समेत बुझाउने लक्ष्य रहेको संस्थाका अध्यक्ष अन्सारीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग