Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत सेवा नियमित सुचारु गर्नु पर्ने माग गर्दैै डेलीगेशन

Published on 1:59:00 PM //


जनार्दन घिमिरे
गुल्मी, १९ पुस । गुल्मीमा विद्युत सेवा नियमित सुचारु गर्नु पर्ने माग गर्दै गुल्मी उद्योग वाणिज्य संघको एक टोलीले आज नेपाल विद्युत प्राधिकरण गुल्मीमा डेलीगेशन गई कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको छ ।
जिल्लामा लामो समयदेखि विद्युत सेवा अवरुद्ध वनेपछि आम उपभोक्ताहरु पीडित वन्दै गएको भन्दै वाणिज्य संघको टोलीले आज कार्यालय प्रमुख समक्ष तत्काल विद्युत सेवा नियमित सुचारु हुनु पर्ने माग गरेका छन् ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको नेतृत्वमा गएको उक्त टोलीले जिल्लामा पटक पटक विद्युत अवरुद्ध हुने समस्यालाई तत्काल समाधान गर्न कार्यालय प्रमुख समक्ष आग्रह गरेका थिए । उक्त डेलीगेसनका गएका टोलीहरु समक्ष कार्यालय प्रमुख नवलकिसोर गोहितले गत मंसिर १ गतेदेखि आधिखोला जलविद्युत परियोजना अपग्रेड गर्ने क्रममा वन्द भएको र गुल्मी आउने लाईन समेत स्याङजामा सप्लाई गर्नु परेका कारण लोड वढे को हुँदा विद्युत नियमित हुन नसकेको जानकारी दिनु भएको थियो ।
कार्यालय प्रमुख गोहितले आफुले विद्युत नियमित गर्न पहल गरिरहेको भन्दै आउँदो माघको पहिलो सातादेखि यो समस्या समाधान हुने आश्वासन समेत उक्त टोलीलाई दिनु भएको थियो । डेलीगेशनमा वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, वरिष्ट उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेय,महासचिव कृष्ण प्रसाद पोख्रेल, कोषाध्यक्ष दुर्गाचन्द्र वोहोरा, तम्घास गाविसका पुर्व गाविस अध्यक्ष भुवनप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग