Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो वामेली शुभकामना साँझ (फोटो फिचर)

Published on 4:03:00 AM //

वामी सेवा समिति जापानद्वारा आयोजित वामेली शुभकामना साँझ मंगलबार टोकियोमा सम्पन्न भएको छ । रुद्रावती बहुमुखी क्याम्पसका प्रमुख हिरामणि अर्यालले पानसमा दिप प्रज्जलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भयो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेश के सी ले गर्नुभयो भने सबिच दिलिप थापाले औपचारिक कार्यक्रम सन्चालन गर्नुभएको थियो । औपचारिक कार्यक्रम सामुहिक राष्ट्रिय गानबाट शुरु भएको थियो ।संस्थाका उपाध्यक्ष रामलाल सापकोटाको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा अध्यक्ष सुरेश केसीले सँस्थाको सक्षिप्त परिचय दिनुका साथै कार्यक्रम आयोजना गर्नुको औचित्य र उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा गुल्मी सेवा समितिका अध्यक्ष शालिकराम भण्डारी, एनआरएन जापानका महासचिव डा. राजेन्द्रप्रसाद पराजुली र आयोजक सँस्थाका वरिष्ठ सल्लाहकार रोशन केसीले शुभकामना मन्तब्य दिनुभएको थियो ।

औपचारिक कार्यक्रम लगत्तै सांस्कृतिक कार्यक्रमको सुरुबात भएको थियो । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु सत्यराज आचार्य र स्बरुप राज आचार्यले संयुक्त रुपमा जहाँ छन् बुद्दका आखा....... र मेरो देश डुब्नै लाग्यो.......जस्ता राष्ट्रिय गित गाएर सांस्कृतिक कार्यक्रमको सुरुबात गर्नुभएको थियो । यसैगरि स्बरुपराज आचार्यले धेरै माया....,तिमी बिनाको जीवन....,बल गरेर त्यो मन यता सार भन्दिन म....,काडा त बिझ्यो.....,नसालु आँखा लगायत मर्मस्पर्सि तथा हृदयस्पर्सी गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिनुभएको थियो । नेपालबाट आमन्त्रित अर्का अतिथि कलाकार सत्यराज आचार्यले भाग्यले दिएन.....,मनकामना साक्षी राखि........., मुटु जलिरहेछ......लगायतका आधुनिक गित गाएर दर्शकको मन जित्नुभएको थियो ।यसै गरि अर्का अतिथि कलाकार श्रीकृष्ण बम मल्लले आधुनिक गित मन्दिरमा बस्ने देउता....., यो चिनो रुमाल......, बस माया....... लगायतका अन्य गितहरु गाएर दर्शकहरुलाई नचाउनु भएको थियो । साथमा स्थानीय कलाकारहरु, अमर गुरुङ, रामकृष्ण बम मल्ल, शितल योञ्जन, युवराज आचार्य, ऋषि पौडेल लगायतको पनि बेजोड प्रस्तुति गरेको थियो ।
रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिरामाणि अर्याललाई कार्यक्रमका प्रमुख अतिथि  जापानका लागि नेपाली राजदुत डा.मदन कुमार भट्टराईले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । साथै नेपालबाट आमन्त्रित कलाकारहरु तथा अतिथिहरुलाई पनि  डा. मदनकुमार भट्टराईले सम्मान गर्नुभएको थियो ।
सोही कार्यक्रममा सिटि एक्सप्रेसका अध्यक्ष तथा एनआरएन आईसिसि सह-संयोजक महेश कुमार श्रेष्ठले भक्तराज आचार्यको सम्मानमा भक्तराज आचार्य संगित पुरस्कार अक्षय कोषको स्थापना गर्नुभएको छ । जसको राशि ५ लाख रहेको छ ।  हरेक बर्ष संगित क्षेत्रमा उत्कृष्ट एक जनालाई रु ५१,००० सम्मान स्बरुप दिने श्रेष्ठले जानाकारी दिनुभयो । यसैगरि सोही कार्यक्रम मै  शिक्षाप्रेमी डा. राम गिरीले उक्त क्याम्पसमा पुस्तकालयका लागि आवश्यक भौतिक साधन र थप पुस्तकको ब्यवस्था गर्न रु ५० हजार रुपैंया  सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
कार्यक्रमकै अवसरमा रुद्रावती क्याम्पस भवन निर्माणको लागि आयोजक सँस्थाको आन्तरिक कोषबाट १ लाख ५० हजार येन सहयोग गर्ने घोषणा गरेको छ भने अन्य पदाधिकारीहरुबाट ३ लाख येन संकलन भएको छ । कुर्घेली समाज जापानले पनि ३५,००० येन सहयोग गरेको छ ।
कार्यक्रममा  त्रिविविका सहप्राध्यापक जिवलाल सापकोटाद्वारा सम्पादित सँस्थाको मुखपत्र सन्देशको विमोचन कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. मदनकुमार भट्टराईले गर्नुभएको थियो ।साथै राजदुत डा. भट्टराईले पुस्तकको समिक्षात्मक टिप्पणी पनि गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा आजको कार्यक्रम कस्तो लाग्यो भन्ने प्रश्नमा, दर्शकहरु एकदम राम्रो र अन्य देशको तुलनामा संगितप्रेमी दर्शकहरु धेरै भएको बताउँदै कार्यक्रम सोचे भन्दा धेरै राम्रो भएको प्रतिक्रिया अतिथि कलाकारहरुले दिनुभयो । साथै सोही कार्यक्रममा रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माणको थप सहयोगका लागि कलाकारत्रयले वामी मै पुगेर नि:शुल्क कन्सर्ट गर्ने प्रतिबद्दता पनि गर्नुभएको छ ।
यसैगरि आजै सम्पन्न सँस्थाको अधिवेशनले अध्यक्ष सुरेश के सी कै नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। सांगितिक कार्यक्रमको संन्चालन कार्यक्रम संयोजक राम कृष्णबम मल्लले  गर्नुभएको थियो । रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माणको सहयोगार्थ आयोजित वामेली शुभकामना साँझमा जापानबासी नेपालीको उल्लेख्य सहभागिता रहेको थियो ।















समाचार तथा तस्बिर स्रोत: नेपाल जापान डट कम 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग