Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१४ वर्षदेखि फरार अभियुक्त गुल्मी प्रहरीले समात्यो

Published on 3:33:00 AM //

प्रेम सुनार
पौष १८, गुल्मी । गाउँलेलाई छुरी हानेर १४ वर्षअघि फरार अभियुक्तलाई गुल्मी प्रहरीले हिजो बुधवार पक्राउ गरी जेल चलान गरेको छ । २०५५ साल भदौ ९ गते दर्लामचौर गाविस ९ निबासी कृष्ण बहादुर पछाईँलाई छुरा प्रहार गरी भागेका सोही गाविस १ का ४८ वर्षिय रीख बहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।
घटनाको २ दिनपछि ज्यान मार्ने उद्येगमा मुद्धा दायर गरीएअनुसार अदालतले निजलाई २०५६ साल असार २९ गते ५ वर्ष कैदको फैसला गरेपनि अभियुक्त फरार रहेको र हिजो बुधवार विशेष सुराकीका आधारमा सदरमुकाम तम्घासबाटै पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।
दिउँसो तीनबजे सदरमुकाममा पक्राउ गरी अदालत पेश गरीएका उनलाई अदालतले ५ वर्षका लागी जेल चलान गरेको छ । अभियुक्त नेपाली यतिका वर्षदेखि कहिले गाउँ र कहिले सदरमुकाममा मजदुरी गर्दै आएपनि प्रहरीको नजर अहिलेसम्म पर्न सकेको थिएन । केहीदिन अघि प्रहरी प्रमुख काफ्लेले जिम्मेवारी सम्हाले लगत्तै वर्षौ पुराना अभियुक्त पक्राउ गरी जेल चलान गरीएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग