Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डोटीमा बस पल्टियो, मर्नेको सङ्ख्या ३०

Published on 2:47:00 PM //

पुष्पराज जोशी र बरुण पनेरु, धनगढी, पुस २८ - डोटीको छतिवन गाविस ९ रुवसकाँडा नजिकै बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। अछामको जयगढबाट टीकापुर तर्फ आउँदै गरेको ना ४ ख ३६०३ नम्वरको यात्रुवाहक बस बिहान ३ बजेतिर दुर्घटना भएको हो। मर्नेमा ७ महिला २२ पुरुष १ बालक छन्।
२९ जनाको शव प्राप्त भइसकेको प्रहरीले जनाएको छ। तीमध्ये ८ को सनाखत भएको छ।
अछाम सिद्धेश्वर-९ का टेकबहादुर बुढा, कालागाउँ-९ का बहादुर सोडारी, बैजनाथ-९ पवना शाह, धनगढी नगरपालिका-२ का गगन थापा, देवीस्थान-६ का २९ बर्षीय कृष्ण खड्का, बद्रादेवी-५ का एकैघरका १९ बर्षीय कल्पना ठकुल्ला, २२ बर्षीय पशुपति ठकुल्ला र रोसनीकला ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ।



घाइते हुनेमा अछाम कालिका ७ का २२ वर्षीय तवेन्द्र रावल, गाँजरा - २ की ४५ बर्षीया ईश्वरा खड्का दर्ना ५ की २५ वर्षीय गुलावी रावल, तिमिल्सैन-६ बस्ने ३५ बर्षीय भेषराज तिमिल्सिना, दर्ना ९ की ४० वर्षीया पवित्रा बोहरा, टिकापुर नगरपालिका १५ बस्ने ३३ बर्षीय जनक रेग्मी, हसुलिया १ का २९ बर्षीय किशोर चौधरी, गडरीया ८ बस्ने १९ वर्षीय जय कुमार चौधरी र मंगलसेन -९ बस्ने २५ वर्षीय नृप विष्ट रहेको प्रहरीले जनाएको छ।



घटना स्थलमा पुगेका प्रहरी निरीक्षक रबिन्द्र प्रसाद भट्टले २९ को शव प्राप्त भएको बताएका छन्। सडकमा जमेको तुसारोका कारण बस चिप्लेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकको संख्या अझै बढ्ने बताइएको छ।


अछामको जैगढबाट कैलाली जाँदै गरेको कर्णाली रिभरको ना ४ ख ३६०३ नम्बरको बस दुर्घटना भएको हो। बस सडकबाट चिप्ले भिरमा खसेको प्रहरीले अनुमान गरेको छ। शवहरु छत विछत भएकाले उद्धारमा कठिनाई भइहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ईन्ट्री गर्ने समयमा ३५ जना बसमा रहेकोमध्ये बाटोमा ४८ जना पुगेको जनाइएको छ।


यस भन्दाअघि पनि सोही क्षेत्रमा माइक्रोबस दुर्घटना भएर १२ जनाको मृत्यु भएको थियो। एक वर्षको समयमा सोही क्षेत्रमा चार दुर्घटना भइसकेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग