Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी मेलाको तयारी तिब्र, राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा

Published on 8:25:00 PM //

घनश्याम गौतम
गुल्मी, २८ पुष– गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ ।

हरेक वर्षको माघे संक्रान्ति देखि तिन दिनसम्म लाग्ने मेलामा यस वर्ष राष्ट्रपति रामबरण यादबले पनि भ्रमण गर्ने भएपछि सुरक्षा व्यवस्था र मेलाको तयारी तिब्र पारिएको हो । मेलामा राष्ट्रपति रामबरण यादवको सुरक्षाका लागि विशेष तालिम प्राप्त नेपाली सेनाको एक टोली रिडीमा खटिरहेको र भोली केन्द्रिय सुरक्षा टोली आईपुग्ने मेला व्यवस्थापन मुल समितिका संयोजक एवं गुल्मीका स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।

रिडी मेलाको पहिलो दिन माघ १ गते राष्ट्रपति रामबरण यादव हेलिकप्टर मार्फत दिउसो साढे १२ बजे रिडीमा आउनुहुने र कालीगण्डकी स्नान, श्रृषि केश दर्शन र रुरु क्षेत्रको महत्वका बारेमा जानकारी लिने गरी झण्डै २ घण्टा रहनुहुने प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताउनु भएको छ । देशका चार धाम मध्येको एक धाम मानिने रुरु क्षेत्रमा लाग्ने माघे संक्रान्ति मेला स्थानीय घरेलु सामाग्रीहरु राडी, पाखी, काम्लो, डोका सुपा लगायतका लागि समेत प्रख्यात मानिन्छ ।

मेलाको सुरक्षा व्यवस्थासंगै मेला व्यवस्थापनका अधिकांश तयारी पुरा भैसकेको मुल आयोजक समितिले जनाएको छ । यस वर्षको रिडी मेलामा कालिगण्डकी नदिमा ¥याप्mटिङको समेत व्यवस्था समितिले मिलाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग