Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

११ दिन देखी हराईरहेका बिष्णु यसरी मारेर फालिएको अवस्थामा खोलामा भेटिए

Published on 6:01:00 AM //


रबिलाल पौडेल
बिगत ११ दिनदेखी बेपत्ता एक युवा स्थानिय खोलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेका छन । गुल्मी कुर्घा ९ चिदीपानीका बिष्णु पछाँईको शब भुवाचिदी स्थित बढीघाट खोलामा फेला परेको हो । ११ दिन देखि घरपरिवारको सम्पर्क बाहिर रहेका बिष्णुको खोला नजिकै बगरमा रगत देखिएपछि आफन्तजन, प्रहरीद्वारा र स्थानियले उनको खोजी तिब्र परेका थिए । खोजि गर्दै जाँदा बडिघाट खोलाको पानी भित्र ढुंगाको बीचमा पछाँईको शब भेटिएको हो । शब लेउ लागेर नचिनिने अवस्थामा भए पनि उनले लगाएको जुत्ताबाट उनकी श्रीमतीले सनाखत गर्नुभएको थियो । शबको टाउकोमा २ ओटा चोटको निसान छ भने दुबै हातमा रसी बाँधिएको छ । हत्या गरेर फालिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरीले गुल्मीन्युजलाई जानकारी गराएका छन । अहिले यस बिषयमा प्रहरिले थप अनुसन्धान गरिरहेको छ ।

हेरौँ घटनास्थल भुवाचिदीबाट स्थानिय गुल्मीन्युज सहयोगी रबिलाल पौडेलले खिचेर पठाउनुभएका केही तस्बिरहरु:
(गुल्मिन्युजलाई प्राप्त केही फोटोहरु अली बढी नै बिभत्स भएकाले सबै फोटोहरु राख्न असमर्थ भएका छौ ।)





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग