Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब गुल्मीमै कम्प्यूट प्रविधिवाट नागरिकता

Published on 4:01:00 PM //

जनार्दन घिमिरे
कम्प्यूटरवाट प्रिन्ट गरिएको नयाँ नागरिकता हस्तान्तरण गर्दै जिल्ला प्रशासन
कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल ।
तस्विर ः जनार्दन घिमिरे
गुल्मी, १२ माघ । जिल्ला प्रशासन कार्यालय गुल्मीले आजदेखि कम्प्यूटरवाट प्रिन्ट गरिएको नागरिकता वितरण शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले आज पहिलो दिन गुल्मी बडागाउँ गाविस २ निवासी कृष्ण कुमारी थापा र बाँझकटेरी गाविस ३ निवासी सुर्य प्रकाश भुसाललाई कम्प्यूटरवाट प्रिन्ट गरिएको नागरिकता वितरण गर्नु भएको हो । सेवा ग्राहिहरुले विगतमा लिदैं आएको हस्तलीखित नागरिकता भन्दा कम्प्यूटवाट प्रिन्ट गरिने नागरिकता छिटो, सफा र स्पष्ट हुने हुनाले अव उनीहरु लामो समय सम्म नागरिकता लिनका लागि पाले पर्खेर वसिरहनु पर्ने झन्झट पनि समाधान हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कम्प्यूटरवाट प्रिन्ट भएको नागरिताको विवरण केन्द्रका महत्वपूर्ण डाटाहरुमा समेत सुरक्षीत हुने भएका कारण विवरण हराउने समस्या नरहने वताईएको छ । यस प्रकारको नागरिकता वितरण गर्दा नागरिकता नम्वरमा समेत एक रुपता हुनुका साथै अन्य जिल्लाहरुको विवरण हेर्न समेत सजिलो हुने सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले जानकारी दिनु भएको छ । गुल्मीमा हाल दैनिक सरदर ४० जना नागरिकहरु नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय आउने गर्दछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग