Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अडियो: गुल्मी पुगेर कांग्रेस नेता रामशरण महतले के भने? सुनौँ उनकै आवाजमा

Published on 6:08:00 AM //

पि.एम.मगर
गुल्मी, पौष २१ । पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदश्य डा. रामशरण महतले अव सहमतिको कुनै संभावना नरहेको वताएका छन् । राष्ट्रिय सहमतिका लागि भन्दै राष्ट्रपतिले समय वढाएर मुलुकमा झन तमासा भईरहेको भन्दै नेता महतले अव राष्ट्रपतिले अव सहमतिको नाटक वन्द गर्नुपर्ने बताए । उनले संविधानको धारा ३८ ( १ ) प्रयोग गर्नेले २ पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै राष्ट्रपतिलाई आग्रह गरे । नेपाल शिक्षक संघ गुल्मीको शनिवार सदरमुकाम तम्घासमा आयोजित सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै डा. महतले यस्तो वताएका हुन ।
१. अहिले एकीकृत नेकपा माओवादीलाई निर्वाचन आफ्नो पक्षमा हुदैन, परिणाम आफ्नो पक्षमा आउँदैन भन्ने वुझाई भएकाले निर्वाचन नचाहेको नेता महतले आरोप लगाए । उनले वर्खा अगाडी नै निर्वाचन हुनुपर्नेमा जोड दिदै यही नै राजनीतिक निकास हुने दावी गरे ।
२. नेता महतले संविधानसभा नै अन्त्य भएपछि सरकारले सत्ता दुरुपयोग गर्दा नियन्त्रण गर्दा नियन्त्रण गर्ने निकाय नै नभएको बताए । कुनै नियन्त्रण विना वाँडीचुँडी खाने, देशमा लुटतन्त्र मच्याउने र सत्ताको चरम दुरुपयोग गर्ने काममा अहिलेको सरकार लागिरहेको उनले आरोप लगाए ।
३. प्रधानमन्त्री डा. वावुराम भट्टराईले सरकार छाड्दिन भन्दै वालहठ गरिरहेको नेता महतको आरोप थियो ।
सोही अवसरमा विशेष अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विद्यार्थी विभाग प्रमुख चन्द्र भण्डारीले सरकारमा वस्ने तर नीति निर्माण गर्न नसक्ने व्याक्तिले गर्दा मुलुक झन गरिवीतर्फ धकेलिएको आरोप लगाए । साथै नेता भण्डारीले यो देशको भविष्य शिक्षकमा आधारित रहेको भन्दै अव मुलुकको राजनीतिक परिवर्तनका लागि एक पटक फेरी पनि एकजुट भएर आवाज उठाउनुपर्ने र आन्दोलन गर्नुपर्ने आवश्यकता आएको वताए । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र वहादुर के.सी.ले अहिले मुलुकमा सहमति भन्ने शव्दका नाममा आतंक मच्चिरहेको वताए । उनले राजनीतिक गतिरोध अन्त्यका लागि गम्भिर हुन सत्तारुढ दलहरुलाई आग्रह समेत गरे ।
अधिवेशनको उद्घाटन कार्यक्रममा पुर्व संसद रुद्रमणी शर्मा भण्डारी, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, शिक्षक युनियनका जिल्ला अध्यक्ष छवि खरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रोहित भण्डारी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र विश्वकर्मा, सहभागीको तर्फवाट धना भण्डारी, खिमवहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका उपाध्यक्ष विकास चन्द्र खरेलले स्वागत मन्तव्य राखे भने सञ्चालन हिरा सराङ्गकोटी मगर र हिमकला राना मगरले गरेका थिए । अधिवेशनमा १ हजार भन्दा वढी शिक्षक प्रतिनिधीहरुको सहभागीता रहेको संघले जनाएको छ ।
अधिवेशनको वन्द सत्र अहिले जारी रहेको छ । अधिवेशनले आगामी ४ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्ने संघले जनाएको छ । अधिवेशनको अहिले वन्द सत्रको कार्यक्रम चलिरहेको र सर्वसहमत रुपवाट समितिको निर्माण गर्ने प्रयास भईरहेको समाचार प्राप्त भएको छ । यसैविच काँग्रेस केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री रामशरण महतले भोली विहान पत्रकार तथा जिल्लाका नेता कार्यकर्ताहरुसँग छुट्टाछुट्टै भेटघाट गर्ने र त्यसपछि राजधानी फर्किने कार्यक्रम रहेको संघले जनाएको छ । साथै उक्त कार्यक्रममा सवैलाई उपस्थित हुन समेत संघले आग्रह गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग