Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"मधेशी मोर्चा र एकिकृत माओवादी मिलेर राष्ट्रलाई चरम दुरुपयोग गरे"

Published on 4:01:00 AM //


जनार्दन घिमिरे
गुल्मी, २२ पुस । पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदश्य डा. रामशरण महतले नेपालको ईतिहासमै मधेशी मोर्चा र एकिकृत माओवादीको मिलेमतोमा राष्ट्रलाई चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
 वर्तमान सरकारले गत दुईदिन अघि गरेको अपर त्रिसुली ए को सम्झौता ईतिहासमै राष्ट्रघाति निर्णय र राष्ट्रप्रतिको धोका भएको भन्दै नेता महतले यस्ता जनघाति निर्णय गर्ने सरकारलाई राष्ट्रपतिले तत्काल वर्खास्त गर्नु पर्ने धारणा व्यक्त गरे । राष्ट्र लामो समयसम्म वन्धक वनेको भन्दै नेता महतले देशलाई निकास दिनकालागि अव राष्ट्रपतिले आँट गर्न ढीलाई गर्न नहुने उनको सुझाव थियो । नेपाल प्रेस युनियन गुल्मीले आईतवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले उक्त कुरा वताएका हुन् । वर्तमान अवस्थामासम्म आईपुग्दा राजनैतिक घटनाक्रमहरु अघि नवढेका कारण राष्ट्रपतिले अव पटकपटक समय वढाईरहनुको कुनै औचित्य नरहेको उनको तर्क थियो । कार्यक्रम नेपाल प्रेस युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग