Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका महिलाद्वारा प्रधानमन्त्रीलाइ चश्मा उपहार

Published on 2:49:00 PM //


अनिल खत्री
गुल्मी, पौस २१- बलेश्वर गणेशराम केशरवानी धर्मशाला बुटवलको १९ औं बार्षिक साधारणसभा २१ औ शताब्दीमाको समतामुलक समाज निमार्ण हुन लागेको अबस्थामा देशका बिभन्नि क्षेत्रमा भएका महिलामाथिका जघन्य हिंसात्मक घट्नाहरुले सदियौदेखि महिला हक हित र अधिकार लागि लड्दै आइरहेको नेपाल महिला संघ गुल्मीले अत्यन्त स्तब्ध एबं सम्बन्धीत घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शुक्रबार एक बिज्ञप्ती जारी गदै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाइ बिज्ञप्ति पत्र बुझाएका छन ।
प्रधान मन्त्रीलाइ पठाइएको ज्ञापन पत्रमा देशमा पछिल्लो समयमा गुल्मी लगायत देशभर बिभिन्न स्थानहरुमा भएका महिला माथिका दिन प्रतिदिन बढदा घटनाहरुले नेपाल महिला संघ गुल्मी शसंकित भएको भन्दै राष्ट्रसेवक कर्मचारी बाटै नगद खोसिनु प्रहरीजस्तो सुरक्षा निकायका कर्मचारीबाट बलत्कारहुनु ,बर्दियाकी शिवा हास्मी , बाराकी बिन्दु ठाकुर,धादिङ्गकी सरस्वती सुवेदी ,अनामनगरकी सविता राई , सर्लाहिकी ममता महतो ,हेटौडाकी बिमिाया काडमाडौ थानकोटकी ७ वर्षीय बालिका गुल्मी हस्तिचौरकी १४ वर्षिय बालिका लगायत सयौ महिलाहरुले महिला भएकै कारणले बाबु आमा दाजु, श्रीमान र काम गर्ने निकाय आदिबाट बलत्कार हत्या हिंसा बोक्सीको आरोप यी दर्दनाक घटनाले कानुनको कार्यन्वयन कमजोर र कतिपय कानुनमा त्रुटी हो भन्ने आफनो ठहर रहेको उक्त बिज्ञप्ति पत्रमा उल्लेख गरिएको छ ।

यस्ता घटनाले महिलाको सुरक्षा मर्यादा र सम्मानजनक तवरले बाच्न पाउने अधिकारको हनन भएकोतर्फ नेपाल सरकार र सम्बन्धीत सरोकारवालाहरुको ध्यानकर्षण गराउदै यस्ता घटनाको रोकथाम गर्न समयमै उचित न्याय प्रदान गर्न नेपाल महिला संघ गुल्मीले जोडदार माग गदै यस्ता अपराधिक घटनामा संग्लन ब्याक्तिहरुलाइ कानुनको दायरामा ल्याइ निष्पक्ष छानबिन गरी कडा भन्दा कडा कार्वाही गरी पिडीत परिवारलाइ राहत क्षर्तिपूर्ती ब्याबस्था गर्न माग गरिएको छ । साथै यस्ता खाले घटना दोहोरिइ रहदा पनि नदेख्ने सरकारलाइ चश्मा उपाहर प्रदान गरेको नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु सापकोटा द्धारा हस्ताक्षेरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग