Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला अब झोले स्कूल र खेताला शिक्षक रहित जिल्ला

Published on 3:30:00 AM //


जनार्दन घिमिरे
गुल्मी २४ पुस । जिल्ला शिक्षा कार्यालय गुल्मीले गुल्मी जिल्लालाई अनियमित शिक्षक र अनियमित विद्यालय (झोले स्कूल र खेताला शिक्षक) रहित जिल्ला घोषणा गरेको छ । जिल्ला शिक्षा समिति गुल्मीले आज कार्यालयमा पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेको हो ।
शिक्षा ऐन र नियमावली वमोजीम जिल्लामा अनुमति प्राप्त गरेका ५ सय ६३ सामुदायीक विद्यालयहरुमा कार्यालयले गरेको अनुगमनको आधारमा विद्यालयमा रिक्त दरवन्दी वाहेक सम्पूर्ण विद्यालयमा नियमानुसार नै शिक्षकहरु विद्यालयमा कार्यरत रहेको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले जानकारी दिनु भएको छ ।
कार्यालयका अनुसार हाल जिल्लामा प्राथमिक तहमा १४ सय ४३ दरवन्दी र ३ सय १० राहत ,निम्न माध्यमिक तहमा २ सय ८२ दरवन्दी र १ सय ७३ राहत र माध्यमिक तहमा २ सय ५७ दरवन्दी र १ सय ४२ राहतमा शिक्षकहरु कार्यरत रहेको जनाएको छ । पत्रकार सम्मेलनमा कार्यालयले जिल्लामा हाल १६ विद्यालयहरुको समायोजन गरिएको र १३ वटा विद्यालयहरुमा विद्यार्थी संख्याका आधारमा कक्षा घटाईएको समेत जानकारी गराईएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग