Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोकगायिका जमुना राना दुबईमा सम्मानित

Published on 5:03:00 AM //


लालबहादुर ढेंगा
दुबई । गत ५ जनवरी शनिबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा चर्चित लोक गायिका जमुना राना मगरलाई मगर संघ युएईले एउटा कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । स्याङ्जा सहयोग समाज युएईद्धारा आयोजना गरिएको नयां बर्षको सांस्कृतिक कार्यक्रममा भाग लिन दुबईमा आउने क्रममा सो सम्मान गरिएको हो ।
साकिने–५, पाल्पामा जन्म भएकी जमुना राना नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिकाको रुपमा चिनिनुहुन्छ । उहांको चर्चित एल्बम मध्ये माया भए सम्झी भेट्न आउं, आंसु पुछ्दै छु, भकारीमा धान छ, संगतले बिगा¥यो मेरो बुढालाई, रन्क्यो सहनाई, जलेसी जमुनाले बजारमा निकै चर्चा कमाउनमा सफलता पाएको थियो । एक दर्जनभन्दा बढी एल्बमहरुमा आफ्नो आवाजहरु जमाएकी गायिका राना आजकल देश तथा बिदेशमा भएका कार्यक्रमहरुमा निकै व्यस्ततामा रहेकी छिन् ।
परिचयत्मक कार्यक्रमबाट थालनी भएको सम्मान कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय प्रशिक्षण विभाग प्रमुख राजु सिंजालीले दिनु भएको थियो । संस्थाका विभिन्न पदाधिकारीहरुले खादा ओढाएका थिए भने कार्यवाहक अध्यक्ष बविता रास्कोटी मगरले प्रशंसा–पत्र दिएर सम्मान गरेकी थिइन् । सम्मानित गायिका रानाले आफ्नो मन्तव्यको क्रममा प्रवासमा आएर पनि यति धेरै माया र हौसला पाएको भन्दै मगर संघ युएईलाई बिशेष धन्यबाद समेत दिइन् । सो अवसरमा आफ्नो मन्तव्य राख्नेहरुमा गायिका जमुना राना, लालबहादुर ढेंगा, खुमबहादुर आले र धनेन्द्र मास्की राना रहेका थिए ।
गायिका जमुना रानाको प्रमुख आतिथ्यता र कार्यवाहक अध्यक्ष बविता रास्कोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय सचिव ललितमान रानाले संचालन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरुको उल्लेखय सहभागिता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग