Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ रिडी माघे संक्रान्ति मेलाको तैयारी

Published on 4:07:00 AM //


गुल्मी, २३ पुस । गुल्मी, पाल्पा, स्याङजा जल्लाको सगंमस्थल माघेसक्रान्तिको अवसरमा लाग्ने मेलालाई यस बर्ष थप व्यवस्थित बनाइने भएको छ । बिगतका बर्षहरूमा भएका विभिन्न कमजोरीहरूलाई मध्यनजर राख्दै माघेसंक्रान्ति मेला रिडीलाई व्यवस्थित बनाउनका लागि जिल्ला बिकास समिति गुल्मीका स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
तीन जिल्लाको संगमस्थल तथा धार्मिक क्षेत्र रूरू क्षेत्रको विकास गर्नका लागि तथा प्रचार–प्रसारका लागि यस बर्षको रिडी माघेसंक्रान्ति मेला व्यवस्थित बनाइने मूल आयोजक मेला समितिका संयोजक गुल्मीका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताउनुभयो ।
‘मेरो संयोजकत्वमा बनेको मूल आयोजक समितिले मात्रै नभ्याउने भएकाले हामीले खानेपानी, स्वास्थ्य, प्रचार–प्रसार, स्वंयसेवक व्यवस्थापन, सुरक्षा लगायतका ८ विभिन्न उपसमितिसमेत गठन गरेर मेला व्यवस्थित बनाउनका लागि काम थालेका छौं’–ज्ञवालीले भन्नुभयो ।
विभिन्न समितिमा गुल्मी जिल्लाका प्रमुख कविन्द्र नेपाल, पाल्पा जिल्ला प्रमुख हरि मैनाली, स्थानीय विकास अधिकारी पाल्पाका दीर्घबहादुर पोखरेल, पत्रकार महासंघलगायत बिभिन्न संघ संस्थाहरू, क्लबहरू, आमा समूहहरू, रिडीसंग जोडिएका गाविसका सचिवहरू उपसमितिमा रहेका छन् । यस बर्ष यस क्षेत्रको प्रचार–प्रसार गर्न तथा धार्मिक श्रद्धालु भक्तजनहरू मात्र नभई अन्य मानिसहरूलाई यहाँ ल्याउन रुद्रबेणीदेखि रिडीसम्म ¥याप्टिङको समेत व्यवस्था मिलाएका छौं , त्यसकारण पनि यहाँ अहिले धेरै मानिसहरू रिडी माघे संक्रान्ति मेलामा आउने विश्वास गरेका छौ’ संयोजक ज्ञवालीले भन्नुभयो । अघिल्ला बर्षहरूमा पार्किङलगायत मन्दिरमा पुजाआजा गर्न जाने श्रद्धालु भक्तजनहरूलाई लाइनमा मिलाउने तथा कालिगण्डकीमा नुहाउदा हुन सक्ने विभिन्न समस्याहरू थिए तर यस पटक त्यस्तो समस्या नहुने समितिले जनाएको छ । माघे संक्रान्ति मेलाका अवसरमा रिडीमा नेपाललगायत भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनहरू आउने गर्दछन् ।
मेलामा सयौं सवारीका साधनहरू रिडीमा आउने हुनाले यस पटकको मेलामा पार्किङलाई पनि व्यवस्थित बनाउने गुल्मी तथा पाल्पा प्रहरीले जनाएको छ । धार्मिक मेलामा कुनै पनि खालका घटनाहरू हुन नदिन तथा शान्त वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी र पाल्पाले यसपटक प्रहरी संख्या बढाउने भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक गुरु बिष्णु काफ्लेका अनुसार मेलामा विभिन्न क्षेत्रका मानिसहरूको जमघट हुनाले कुनै पनि घटनाहरू नघटोस् तथा श्रद्धालु भक्तजनहरूले कालिगण्डकीमा नुहाउने तथा मन्दिरमा भगवान्को दर्शन गर्न सजिलो होस् भन्नका लागि यस बर्ष केही प्रहरीहरूको संख्या थपिने बताउनुभयो । -दैनिक पत्र

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग