Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रथम नौमती बाजा गुल्मी युकेमा पुन: थापा

Published on 4:11:00 AM //


प्रथम नौमती बाजा गुल्मी युकेको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । गतहप्ता बेलायतमा सम्पन्न साधारणसभाले गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापालाई नै प्रमुख संयोजक तोकेको हो । कार्यक्रम संचालन टोप पल्ली र बिर बलालद्धयले गरेका थिए भने कोषाध्यक्ष ओम बुढाथोकीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै प्रोपर्टी संरक्षकद्धय टोप पल्ली र बिन भुजेलले आउँदा बर्षको निमित्त आवश्यक तथा हाल भएका बाजाका बिवरण र तिनको कन्डीसनका बारेमा जानकारी दिएका थिए ।
नौमती वाजा गुल्मीले भिमबहादुर थापालाई ढोलकी र याम बहादुर थापालाई झ्याली बजाउने गरी नयां सदस्यमा नियुक्ति गरेको छ । साथै समूहले लालबहादुर काऊचा र यामबहादुर थापालाई सर्वसम्मत सल्लाहकारमा ल्याएको छ । सो अवसरमा सदस्यहरुबीच ब्यापक छलफल पछि सामुदायीक कार्यक्रमको पारीश्रमीक तिनसय पाउण्ड मात्र लिने निर्णय समेत गरेको छ । अन्य कार्यक्रमको लागि ६ सय पाउण्ड लिइने संयोजक थापाले जानकारी दिए । पाएको पारीश्रमीकबाट २५ पाउण्ड नेपालका अपाङ्ग असहायको लागि जम्मा गरीने बताइएको छ । कार्यक्रममा समुहका सदस्यहरु बिन भुजेल, राम गलामी, लाल थापा, लाल काउचा, कुमार राना, पूर्ण बलाल, भिम थापा, याम थापा, गोपाल थापा लगायतको सहभागीता थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग