Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका सरकारी निकाय जनताको घरदैलोमा

Published on 10:23:00 AM //

दिन बिताएर सदरमुकाम धाउन बाध्य सेवाग्राही खुसि

मनोज बस्नेत,
गुल्मी, माघ १८ । यतीबेला गुल्मीका सरकारी निकालयहरु सेवाग्राहीको घरदैलोमै पुगेर सरकारी सेवा प्रदान गरीरहेका छन् । सरकारी सेवालाई जनताको घरदैलोमा पु¥याउने उदेश्यले गुल्मी बिभिन्न सरकारी निकायहरुले गुल्मीको पश्चिमी क्षेत्रमा एकिकृत घुम्ति शिविर सुरु गरेका छन् । पहिलो दिन हिजोँ प्युठानसगँ सिमा जोडिएको पश्चिमी गाविस अग्लुङमा घुम्ति शिविर सम्पन्न भएको छ । जसमा जिल्ला प्रशाशन कार्यालय, जिल्ला बिकाश समिति, कृर्षि, प्रहरी, खानेपानी, पशुसेवा, सिंचाई लगायतका सरकारी निकायहरुले सेवाद कार्यालयहरुले घरदैलोमै पुगेर स्थानीय जनतालाई सेवा प्रदान गरेका थिए । ती मध्ये नागरीकता बनाउनेको अत्यन्तै चापँ रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घुम्ति शिविर आज र भोली पुर्कोट दह गाविसमा संचालन हुने छ । गुल्मीका सरकारी कार्यालयहरुले बेलामा बेलामा घुम्ति शिविर सञ्चालन गरेर आफुहरुलाई आफ्नो घरदैलोबाटै सरकारी सेवा दिने गरेपछी दिन बिताएर सदरमुकाम धाउन बाध्य सेवाग्राही पनि खुसि भएका छन् ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग