Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँका ३६ परिवार व्यावसायिक तरकारीबाट आत्मनिर्भर

Published on 10:13:00 AM //


धुर्कोट् -गुल्मी २६ माघ । चार वर्षघि दैनिक ज्याला मजदुरी गरेर ज्यान पाल्दा सबैले उमे कामी भन्ने सिमीचौर-४ बाँर्सखर्कका दलित किसान अहिले गाउँलेका उमबहादुर विक भएका छन् ।

तरकारी खेती गरेर लखपति बनेका उमे कामीको धनसँगै नाम पनि परिवर्तन भएर उमबहादुर भयो । नाम र दामका धनी बनेका उमबहादुर अहिले गाउँलेको मायामा समेत परिवर्तन भएपछि दङ्ग छन् । उनको जीवनमा यो खुसियाली ल्याएको हो गाउँमा खुलेको बाँर्सखर्क कृषि सहकारी संस्थाले सहकारी संस्थाबाट चार वर्षघि दुई हजार रुपैँया ऋण लएर तरकारी खेती गरेका उमबहादुर चार वर्षै लखपति बनेका छन् ।

“वर्षभरि खान पुग्ने जमिन पनि थिएन, एकसरो फर्ेन र मीठो खान दसैँ कर्ुर्नुपर्थ्याे”- उमबहादुरले भने “सहकारीको ऋणले तरकारी खेती गरेर चारजनाको परिवार राम्रोसँग पालेको छु । राम्रै स्कुलमा छोराछोरी पढाएको छु ।” चार वर्षन्दा ज्याला मजदुरी गरेर घर्रखर्च टार्दा गाउँको सबैभन्दा गरिब व्यक्तिमा गनिने ५२ वषर्ीय विक अहिले गाउँमा सम्पन्नमा  गनिन थालेका छन् ।गाउँलेहरुले नै मिलेर स्थापना गरेको बाँर्सखर्क कृषि सहकारी संस्था लिमिटेड उनको जीवनशैली फर्ेने मुख्य आधार बनेको छ । प्रशस्त जग्गा जमिन नभएका उनले आफ्नै करिब तीन रोपनी जमिनमा व्यावसायिक रुप्ामै तरकारी खेती गरेका छन् । काउली, फूलगोबी, खर्ुसानी, लसुन, प्याज, बन्दागोपीलगायतका तरकारी खेती गरेका उनले  मासिक १० हजार देखि १५ हजार कमाइ गरिरहेको बताए ।

बाँर्सखर्ककै गुनाखर कुँवर त अहिले गाउँको सबैभन्दा सम्पन्न व्यक्ति बनेका छन् । आफ्नै पहलमा सहकारी खोलेर ६०० रुपैँया ऋणमा तरकारी खेती सुरु गरेका गुणखर तरकारीबाटै वाषिर्क तीन लाख कमाउँछन् । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग