Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१३ बर्षका रमेशलाई ब्लड क्यान्सर, सहयोगको आग्रह

Published on 10:38:00 AM //


पि.एम.मगर
आर्थिक अभाव भएपछि गुल्मीको हस्तिचौर गाविस ६ छल्दी निवासी वर्ष १३ का रमेश घिमिरेको उपचारका लागि सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ। रमेशलाई व्लड क्यान्सर भएपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोग गरीदिन परिवारजनले आग्रह गरेको हो। राजधानीको कान्ती वाल अस्पतालमा उपचार गराई रहेका रमेशलाई उपचारमा ठुलो रकम लाग्ने भएकाले आफुसँग त्यो रकम नहुँदा उपचार गर्न आवश्यक सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका सम्पुर्णलाई सहयोग गरिदिन रमेशका वावु रामवहादुर घिमिरेले आग्रह गर्नुभयो। रमेशकै उपचारका लागि आर्थिक श्रोत जुटाउनका लागि राजधानीको कृषि विकास वैँक गौशाला शाखामा वचत खाता खोलिएको छ। उक्त शाखाको वचत खाता नं. ३८१९८६ मा सहयोग गरिदिन परिवारजनको आग्रह रहेको छ। रमेश अहिले पालुखा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्। उनको यही चैत्र १ गतेदेखि एसएलसी परीक्षा सुरु हुँदै छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग