Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेमीप्रेमीकाले गरे सामुहिक आत्महत्या

Published on 5:38:00 PM //

गोविन्द केसी, दैलेख, फागुन ११- विवाह बन्धनमा बाँधिने सपना बोकेका जोडी घरपरिवारले आफ्नो विवाह नस्विकारने डरले प्रेम सम्बन्धमा बाँधिएका एक जोडीले सामुहिक रुपमा आत्महत्या गरेका छन्।
मंगलबारदेखि हिउँ खेल्न भनेर घरबाट निस्किएका कुसापानी-८ पानीपोखरीका १४ वर्षिय चेतन अधिकारी र सोही गाविस वडा नं. ९ बस्ने १४ वर्षिया भावना चापागाईं सामुहिक रुपमा आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।
उनीहरुको प्रेम सम्बन्धलाई उमेर नपुगेको भन्दै दुबै घरबाट विवाहको लागि स्वीकार नगरेपछि आत्महत्या गरेको हुनसक्ने स्थानीयहरु बताउँछन्। विवाह गरेर घरपरिवारले स्वीकार नगर्ने मानसिक डरका कारण उनीहरु मृत्युसम्मको बाटो रोजेको अनुमान प्रहरीको छ।
महादेव माध्यमिक विद्यालय कुसापानीमा कक्षा १० मा पढ्दै गरेका १४ वर्षका जोडी विवाह गरेर घरमा जाँदा परिवारले अस्वीकार गर्ने डरले मृत्युसम्मको बाटो रोजेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले बताए। घरबाट ३ दिनदेखी हिउँखेल्न भन्दै लेकमा पुगेका उनीहरु बिहीबार कुसापानीको दालीखर जंगलस्थित एक उत्तीसको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्था स्थानीयले फेला पारेका हुन्। स्थानीयका अनुसार विगत १ वर्ष अघिदेखि उनीहरुको प्रेम सम्न्ध चलेको थियो।
घटनालगत्तै पानीपोखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमनाथ योगी नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उनीहरुको जिल्ला अस्पताल दैलेखमा शुक्रवार पोष्टमार्टम गरिएको छ। यहाँ गत आर्थिक वर्षको अवधिमा ४६ जनाले आत्महत्या गरे। उनीहरुमध्ये अधिकांश डिप्रेसन र प्रेम सम्वन्ध विग्रीएकाले जिन्दगीदेखी दिक्क मानेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। नागरिक न्युजबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग