Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिमानी बैंकक प्रस्थान, पारसको मृत्यु हल्ला मात्रै

Published on 5:48:00 PM //

काठमाडौं, फागुन ११ (नागरिक)- हृदयघातपछि अचेत पूर्व युवराज पारस शाहको अवस्थामा सुधार नआएपछि हिमानी शुक्रबार दिउसो बैंककतर्फ लागेकी छन्। थाइ एयरवेजको नियमित उडान टिजी३२० बोइङ ७७७ बाट हिमानी बैंकक प्रस्थान गरेकी हुन्।

हिमानीका साथमा उनकी स्वकिय समेत बैंकक गएकी छिन्। 'हिमानी सरकार थाइ एयरवेजको दिउसोको फ्लाइटबाट बैंकक प्रस्थान गर्नुभयो', नागरिकन्युजसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहाका निजी सचिव फणिराज पाठकले भने- 'उहाँको साथमा स्वकिय सचिव स्मिता सिंह पनि सँगै जानु भएको छ।' बैंककस्थित समितिभेज अस्पतालको सिसियुमा उपचार गराइरहेका पारसलाई सहयोग गर्न नै बहिनी प्रेरणा सहितको ५ सदस्य टोली बैंककमै छ।
पूर्व युवराजको स्वास्थ्य बारे बिभिन्न हल्ला चले पारस शाहको उपचार भइरहेको समितिभेज अस्पतालमा रहेका नागरिकन्युजकर्मी रुपक डि शर्मा ती सबै हल्ला मात्र भएको उल्लेख गरेका छन्। 'मैले भर्खरै राजीव शाहीलाई भेटेँ। उनले कुनै प्रतिक्रिया दिएनन्। तर पारश शाह मृत्युको हल्ला आधारहीन हो। उनी अझै आसियुमा छन्', शर्माले अस्पतालबाट ट्विट गर्दै भनेका छन्।

Just met Dr Rajeev Shahi. He didn't want tomake comments. But rumors that Paras Shah is dead are baseless. He'sstill in ICU. Unconscious

— Rupak D Sharma (@RupakDSharma) February 22, 2013


पारसका सहयोगीहरुले उनको अवस्था स्थिर रहेको उल्लेख गरेका छन्।
-नागरिक न्युजबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग