Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमआरपी पासपोर्ट बनेनबनेको जानकारी अब मोबाईलबाटै

Published on 6:46:00 PM //

प्रेम सुनार
फाल्गुन १२, गुल्मी । एमआरपी राहदानी केन्द्रबाट बनेर आयो कि आएन भनेर सोध्न अव सेवाग्राही सदरमुकाम धाउन नपर्ने सुविधा जिल्ला प्रशासन कार्यालय गुल्मीले प्रदान गरेको छ । प्रशासनले नोटीस बोर्ड सेवा अर्थात टेलिफोन गरे आफसेआफ संम्वन्धीतको राहदानी बनेर आयो कि आएन भनेर बताउने छ । हटलाईन सेबा जस्तो सेवाग्राहीले आफ्नो राहादानी बने नबनेको थाहा पाउन १६१८०७९५२०८३३ मा डायल गर्नु पर्नेछ । राहदानीको खर्च भन्दा पनि बने नबनेको सोध्न आउँदा र त्यतिकै फर्किदा सेवाग्राहीले बढी खर्च र सास्ती भोग्नु परेको कुरालाई ध्यानमा राखी यस्तो सुविधा उपल्ब्ध गराईएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताए । आगामी दिनमा अन्य सेवामा पनि यस्तै नोटिस वोर्ड राख्ने सोच रहेको उनको भनाई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग