Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशन ग्रहण नगराएको भन्दै गाविस सचिवहरुद्वारा जिल्ला परिषद् वहिष्कार

Published on 7:28:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १४ फागुन । गुल्मी जिल्लाका सम्पूर्ण गाविस सचिवहरुले आज जिल्ला परिषद वहिष्कार गरेका छन् । सदरमुकाम तम्घासमा आज आयोजना गरिएको जिल्लाको छैठौं गणतान्त्रिक जिल्ला परिषदमा जिल्ला परिषदको पार्षदको हैसियतमा उपस्थित भएका सचिवहरुको प्रतिनिधित्व हुनेगरि परिषदमा आशन ग्रहण समेत गराउन जिविसले कन्जुस्याई गरेको भन्दै उनीहरुले परिषद वहिष्कारको घोषणा गरि कार्यक्रम स्थलवाट वाहिरिएका थिए । गाविस सचिव हकहित संरक्षण केन्द्रको आव्हानमा सचिवहरुले परिषद बहिष्कार गरेको उक्त केन्द्रका अध्यक्ष गोपाल सेनले जानकारी दिए । उक्त जिल्ला परिषद् सोमवार विहान ११ वजेदेखि संचालन हुने भनिए पनि जिल्ला स्थित राजनैतिक दलहरुमा प्रोटोकलको विषयमा विवाद भएपछि दुई घण्टापछि मात्र कार्यक्रम शुरु गरिएको थियो । स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवालीको अभ्यक्षतामा सम्पन्न उक्त परिषद्को उद्घाटन गुल्मी क्षेत्र नं २ का पुर्व सांसद भागवत ज्ञवालीले गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग