Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुखवाट लडेर मृत्यु

Published on 7:38:00 AM //

सीता भण्डारी
गुल्मी, १४ फागुन । घाँस काट्ने क्रममा रुखवाट लडेर गुल्मीको ह्वाङ्दीमा एकजनाको ज्यान गएको छ । ह्वाङ्दी गाविस वार्ड नं ८ माहाभिरका ५९ वर्षीय कृष्णवहादुर अर्याल वाँसको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते हुनुभएको र उपचारको क्रममा मृत्यु भएको वताईएको छ । शनिबार घर नजिकैको वाँसको रुखमा घाँस काट्दै गर्दा लडेका अर्याललाई उपचारका लागि पाल्पा मिसन अस्पतालमा लगिएको र उपचार गर्दागर्दै मृत्युभएको स्थानीय मित्रवहादुर अर्यालले जानकारी दिनुभएको छ । ५ छोरी, १ छोरा र श्रीमती रहेका मृतक अर्यालको पारिवारिक अवस्था समेत दयनिय रहेको वताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग