Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्डको षडयन्त्रमा नझुक्किन थापाद्वारा काँग्रेस नेतालाई आग्रह

Published on 9:08:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाले एकिकृत नेकपा माओवादीले प्रधान न्यायाधिषलाई प्रधानमन्त्रिको पासो फ्ँयाकेर लोकतन्त्रलाई अस्थिर वनाउने र निर्वाचन टार्ने काममा लागेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस पटक पटक प्रचण्डको षडयन्त्रमा झुक्किँदै आएको भन्दै अव प्रचण्डको कुरालाई विश्वास गरेर काँग्रेस नेताहरुलाई नझुक्किन आग्रह समेत गर्नु भएको छ । नेपाली काँग्रेस गुल्मी १ नम्वर क्षेत्रीय समितिले आज हर्मिचौर गाविसमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै नेता थापाले उक्त कुरा वताउनु भएको हो ।
थापाले वर्तमान समस्याको विकल्प भनेको तत्कालै संविधान सभाको निर्वाचन गर्ने गरि राजनैतिक पार्टिहरुवाट सहमति गरेर साना दलहरुवाट भएपनि प्रधानमन्त्री चयन गरेर सरकार निर्माण गर्न काँग्रेसले पहल गर्नुपर्ने वताउनु भयो । “अन्तरिम संविधानले संविधान सभा नवनेको अवस्थामा के हुन्छ भन्ने कुरा लेखेको छैन, त्यसैले वर्तमान वावुराम सरकारलाई निर्वाचन गराउने कुनै राजनैतिक र नैतिक आधार छैन,” नेता थापाले भन्नु भयो । वर्तमान अवस्थामा राष्ट्रका सम्पूर्ण संरचनाहरु भताभुङ्ग भएको भन्दै संविधान सभाको विघटन पश्चात नागरिकहरुमा निराशामात्र हैन राष्ट्रिय संकटको अवस्था आएको उहाँले टिप्पणी गर्नु भयो । उहाँले नेकपा एमाले भनेको जुवाको खालमा वस्ने जुवाडे जस्तो भएको आरोप समेत लगाउनु भयो । नेपाली काँग्रेस क्षेत्रीय सभापति पारिश्वर ढकालको अध्यक्षता र महाधिवेशन प्रतिनिधि जगदिश भट्टराईको संचालन रहेको उक्त कार्यक्रममा पुर्व सभाषद मोहन पाण्डे, महासमिति सदश्य शुवर्ण ज्वारचन लगायतका व्यक्तिहरुले वर्तमान समस्याको निकासको मुख्य वाधक वर्तमान सरकार नै भएको आरोप लगाएका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु वलाल र छन्द पहराई, कोषाध्यक्ष हरिप्रसाद न्यौपाने, नेपाल तरुण दलका अध्यक्ष खिलध्वज पन्थी, महिला संघकि सभापति विष्णु सापकोटा लगायतका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग