Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पोर्न फिल्म बारेका दश रोचक तथ्य

Published on 8:21:00 PM //


भनिन्छ सेक्स र क्राइम मानिसको सबैभन्दा चासोको विषय हो । क्राइम अर्थात् अपराधको विषयमा मान्छेले चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र । तर सेक्सको विषय मानिसको जैविक आवश्यकता हो । त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ । सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन् । यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ ।
१. सयमा ९० जना बेलायती महिलाले जिवनमा एक न एक चोटी पोर्न सामाग्री हेर्ने गरेका छन् । अर्को रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषको भन्दा महिलाको नांगो सरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौन सम्बन्ध समावेश भएका पोर्न सामाग्री हेर्न मन पराउँछन् ।

१. १६ प्रतिशत बेलायती युवतीहरुले आफु आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन् ।

२.बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ । हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लु फिल्म हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।

३.पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन् । ब्लु फिल्ममा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आम विश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जिवन यापन गर्ने गरेका हुन्छन् ।

४. भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थनले अस्टेलियामा गरेको एक अध्ययनले एघार देखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामाग्री हेर्न सुरु गरेका हुन्छन् ।

५.ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ । सिँगापुरमा गरिएको अध्ययन अनुसार पोर्न फिल्म हेर्ने बानीले यौन जिवनमा सुधार तथा यौन सन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ ।

६.पोर्न सामाग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ ।

७. हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निशुल्क पोर्न साइट हेर्ने गर्छन् । ती मध्ये दुइ तिहाइले कार्यालयको कम्प्युटरमै यस्ता सामाग्री हेर्ने गर्छन् ।

८.बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्ने बित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन् ।

९.दशौँ हजार अस्टेलियालीले हरेक दिन पाँच घण्टा पोर्न फिल्म हेरेर बिताउँछन् ।

१०.पुरुष भारत्तोलक खेलाडिले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लु फिल्म हेर्नेहो भने उसले केही बढि तौल उचाल्न सक्छ । पोर्न फिल्म हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग