Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिवन रक्षाका लागि सहयोगको अपिल

Published on 7:40:00 PM //

प्रेम सुनार
फल्गुन ९, गुल्मी । गत २ वर्षदेखि ब्लड क्यान्सरको विमार उपचार गराई रहेका गुल्मी अर्लाङ्गकोटका एक वालकको परिबारले उनको जिवन रक्षाका लागि सवैसंग सहयोगको अपिल गरेको छ । अर्लाङ्गकोट गाविस वडा नम्वर ६ दाङ्गसिङ्ग निवासी १४ वर्षिय बालक नितेश खरालको उपचारर्था उनका बाबु लालमणी खरालले यस्तो अपिल गरेका हुन । नितेशको गत दुई वर्षदेखि कान्ती बाल अस्पताल काठमाडौंमा उपचार गराईएको छ । १३ लाख रुपैयाँ खर्च भई सकेका बालक अव करिव ६ लाख रुपैयाँ भए बाँच्ने बताईएको छ । सबै सम्पत्ति बेचेर सो रकम खर्च गरे पनि अव कुनै विकल्प नभएपछि संचार माध्यम गुहारेर सवैसंग सहयोका लागि अनुरोध गरेको खरेलले बताए । सहयोग गर्न चाहने महानुभावले हिमालय बैंकको खाता नम्वर ००२० २९७६०४००१७ वा उहाँको मोवाईल नम्वर ९८५११५४७१३ तथा ९८४३०५४७३१ मा सम्पर्क राखी सहयोग गर्न सकिने छ ।
गुल्मीका लागि भने ओझेलका खबरका संचालक प्रेम सुनारको मोवाईल नम्वर ९८५७०६१५३० मा सम्पर्क राख्न सकिने छ । भए भरको सम्पत्ति बेचेर पनि नपुगेपछि छोरा नितेशको उपचार्थ खर्च नपुगेर बाबु लालमणी खराल उनको मृत्यु कुर्न सिवाय अरु केहि विकल्प नभएको बताउनु हुन्छ । ‘छोराले बाबा मलाइ बचाउनुस भन्छ मैले के गरुँ ? भएको सबै सकेँ अव केहि विक्ल्प छैन शुभेच्छुुकहरुले सहयोग नगरे खरालले भने ‘ सबैले मेरो छोराको ज्यान बचाईदिनुस् । ’नितेशलाई बचाउन अव करिव छ लाख लाग्ने बताईएकोे छ । खरेलकी श्रीमति समेत गत दश वर्षदेखि मानिसक रोगले पिडित हुनुहुन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग