Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक जग्गा पहिचान कार्यलाई निरन्तरता दिईने

Published on 7:17:00 PM //

पि.एम.मगर
गुल्मी, फागुन ९ गते । तमघास नगर विकास समिति गुल्मीले सदरमुकाम तमघासको वजार क्षेत्रका सार्वजनिक जग्गा पहिचान गर्ने कर्यलाई पुनः निरन्तरता दिने भएको छ । दशै र तिहार पर्वलाई मध्यनजर गर्दै स्थगित गरिएको सार्वजनिक जग्गा पहिचान गर्ने कार्यलाई यही फागुन १३ गतेदेखि निरन्तरता दिने नगर विकास समितिले जानकारी दिएको छ । समितिले एक सुचना प्रशारण गरी तमघासको पुरानो वजार, भिमसेन मन्दिर, वसपार्क हुँदै माईका स्थान क्षेत्रमा यस कार्यलाई निरन्तरता दिने वताएको छ । साथै सो कार्यमा स्थानीय जग्गाधनी, समाजसेवी, वुद्धिजीवि, पत्रकार तथा सर्वसाधारणलाई उपस्थित भई सहयोग गरिदिन समेत समितिले आग्रह गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग