Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसमा मगर विद्यार्थी संघको गठन

Published on 7:12:00 PM //

पि.एम.मगर
गुल्मी, फागुन ९ गते । नेपाल मगर विद्यार्थी संघ, रेसुङ्गा वहुमुखी क्याम्पस तमघास गुल्मीको एक भेला आज सम्पन्न भएको छ । भेलाले ऋषिराम रानाको अध्यक्षतामा नेपाल मगर संघ, इकाई समिति रेसुङ्गा वहुमुखी क्याम्पसको गठन गरेको छ । समितिको उपाध्यक्षमा अजय भलामी, सचिव टिका थापा, कोषाध्यक्ष एलिना भुजेल, सहसचिव लालमणी थापा लगायत रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद गुल्मीका सचिव एवं नेपाल मगर संघका जिल्ला सह सचिव कमला पुन मगरले आफ्नो हक अधिकारका लागि संपुर्ण मगर विद्यार्थीहरु एक भएर लाग्नुपर्ने वेला आएको वताउनुभयो । साथै उहाँले अहिलेको २१ औँ शताव्दीमा वैज्ञानिक तथा व्यवहारिक शिक्षाको लागि आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो । भेलामा विशेष अतिथि क्याम्पसका उप प्रध्यापक यमवहादुर थापा मगर, नेपाल मगर विद्यार्थी संघका जिल्ला सदस्यहरु टिका थापा र ऋषिराम राना, सहभागीहरु अजय भलामी र आयुष पुन लगायतले मगर विद्यार्थीहरुको हक अधिकारका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका जिल्ला अध्यक्ष भविन्द्र घर्ति मगरको अध्यक्षतामा सम्पन्न उक्त भेलामा गुल्मीका उपाध्यक्ष खगीशरा काला मगरको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव सुर्यप्रसुाद काउछा मगरको रहेको थियो

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग