Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुरुषको सक्रियतामा बेलायतमा आमा समुह

Published on 10:59:00 AM //

रुबि लीम्बु
साउथ वेल्स कुम्ब्रनमा बसोबास गर्ने महिलाहरुले पहिलो पटक आमा समुह गठन गरेका छन । साउथ वेल्स गोरखा कम्युनिटीका अध्यक्ष नरेन्द्रराज लिम्बु को सक्रियतामा उनीहरुले गतसाता आमा समुह गठन गरेका हुन ।
प्रेमकला लिम्बुको अध्यक्षतामा गठित आमा समुहको उपाध्यक्षमा जसमाया थापा, सचिबमा रुबि लिम्बु इधिङ्गो, सह सचिबमा कल्पना श्रेष्ठ, कोसाध्यक्षमा माया क्षेत्री र सह कोषाध्यक्षमा चुङ्गला लामा रहेका छन । समितिको सल्लाहकारमा भने महिला तथा केहि पुरुषहरुलाई पनि ल्याइएको छ ।

स्थानीय समुदायसंग हातेमालो गर्दै नारी एकताको सन्देश दिन नयां कमिटि स्थापना भएको हो । विभिन्न नेपाली संगठन तथा अन्य संघसंस्थाले गरेका गतिविधिहरुमा आमा समुहको सभागिता र सहयोग रहने अध्यक्ष लिम्बुले बताईन । नारीहरुको हित र कल्याणका लागि संस्थाले काम गर्ने उनको भनाई थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग