Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२१ सय थान गेसपेपर बरामद

Published on 1:18:00 PM //


गुल्मी, १८ फागुन । सरकारले उच्च माध्यमिक तहसम्म गेसपेपरमा प्रतिबन्ध लगाए पनि बिक्रीवितरण नरोकिएको पाइएपछि गुल्मी सदरमुकाम तम्घासका पुस्तक पसलहरूमा अनुगमन गरिएको छ । स्थानीय प्रशासन र जिल्ला शिक्षा कार्यालयको टोलीले बिहीबार पुस्तक पसलहरूमा छापा मारी गेसपेपर बरामदसमेत गरेको छ ।

अनुगमन टोलीले अस्मिता पुस्तक पसलबाट ५ सय थान, नेपाल प्रिन्टिङ प्रेसबाट १ हजार ३ सय थान, अर्जुन पुस्तक पसलबाट १५ थान, मालिका पुस्तक पसलबाट १ सय थान, निर्मा एन्ड निकिता स्टेसनरीबाट झन्डै २ सय थान गेसपेपर बरामद गरेको हो । अनुगमन टोलीका सदस्य विद्यालय निरीक्षक झविलाल विश्वकर्माले कुनै पुस्तक पसलले गेसपेपर बिक्रीवितरण गरेको पाइए नियमअनुसार कारबाही गरिने बताए । -सौर्य डेली डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग