Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल महोत्सवमा बूढादेखि तन्नेरीसम्म

Published on 10:32:00 AM //


-विशाल भट्टराई
गुल्मी, ७ फागुन । साँघुरिँदै गएको साहित्यिक क्षेत्रमा गजलको बाढी भने थामिनसक्नुको छ । गजल प्रेमीका लागि रेसुंगा साहित्य प्रतिष्ठानले तम्घासमा सञ्चालन गरेको तीनदिने प्रथम गुल्मी गजल महोत्सव आइतबार सम्पन्न भएको छ ।

क, ख, ग, घ, यिनै हुन अक्षर भनेको
अक्षर–अक्षर मिलेर शब्द बनेको …।।
यसरी नै गजलका प्रशिक्षण लिए गुल्मीमा जम्मा भएका साहित्यकारले । दुई दिन सञ्चालित गजल लेखन प्रशिक्षणमा २० वर्षे तन्नेरीदेखि बूढापाकासम्म उल्लेख्य सहभागी भए । प्रशिक्षणमा युवादेखि रेसुंगा बहुमुखी क्याम्पसका प्रध्यापकसमेत सहभागिता रहेको छ ।
४ र ५ गते सदरमुकामको रेसुंगा बहुमुखी क्याम्पसको आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेता दामोदर भुसालले पनि हातमा कापी र कलम लिएर रदिफ र काफियाका सिक्न सहभागिता जनाए । प्रतिष्ठानले आइतबारै बालमन्दिरमा प्रथम गुल्मी गजल महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा खुला गजल प्रतियोगिता तथा गजल वाचन कार्यक्रमसमेत थियो । महोत्सवमा स्वदेशका चर्चित गजल संस्था अनाम मण्डलीका बलराम दाहाल, रूपक अलंकारसमेत सहभागी थिए भने गीतकार विपिन किरणले पनि महोत्सवमा सहभागी जनाए ।
गुल्मीलाई गजलको तीर्थस्थल बनाउने अभिप्रायले कार्यक्रमको आयोजन गरिएको प्रतिष्ठान जनाएको छ । नेपाली साहित्यमा गजल त्यति पुरानो विधा त होइन । तर, यसले युवा साहित्यकार र श्रृंगार रसमा रमाउने साहित्यकारको पिँढीमा भने राम्रै प्रभाव जमाउन सफल भएको छ । अरबी साहित्यबाट गजल जन्मिएको विश्वास गरिन्छ । यो भाषमा गजलको अर्थ स्त्रीसँग वार्तालाप हो । अरबी साहित्यबाट, उर्दू, फारसी हिन्दी हुँदै नेपाल भित्रिएको गजलको नेपालमा सुरुवात मोतिराम भट्टले गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग