Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

द्धन्दकालका अपाङ्गले राज्यवाट संरक्षण नपाउनु दुर्भाग्य ः एमाले नेता ज्ञवाली

Published on 1:24:00 PM //


पि.एम.मगर
गुल्मी, फागुन १८ – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले द्धन्दकालमा घाईते भई अपाङ्ग जिवन जिएका नागरिकहरुले राज्यवाट संरक्षण र उचित राहत नपाउनु दुर्भाग्यपुर्ण भएको वताउनुभएको छ । आज गुल्मीको सदरमुकाम तमघासमा वौद्धिक अपाङ्गताका अभिभावक संघ गुल्मीले आयोजना गरेको अपाङ्गहरुको सेवामुखीकरण तालिमको उद्घाटन गर्दै नेता ज्ञवालीले यस्तो वताउनुभएको हो । पुर्व पर्यटन मन्त्री तथा वौद्धिक अपाङ्गता महासंघका अभिभावक समेत रहनुभएको नेता ज्ञवालीले द्धन्दकालमा राज्य पक्षवाट होस या विद्रोही पक्षको आक्रमणवाट घाईते भई ओछ्यानमै दिसापिसाव भएर कयौँ नागरिक कष्टकर जिवन विताउँदा पनि राज्य उदासिन भएको वताउँदै उनीहरुलाई राज्यले संरक्षण एवं उचित क्षतिपुर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
वौद्धिक या शारिरीक जस्तोसुकै अपाङ्ग पनि परिवारको वोझ नभएको कुरा अभिभावकले वुझ्नुपर्ने र राज्य, समाज र परिवारले अपाङ्गहरुलाई माया र अवसर दिनुपर्ने उहाँको सुझाव थियो । राष्ट्रिय राजनीतिमा रहेका नेता ज्ञवालीले अपाङ्गहरुको पिडा व्यक्त गर्दैमा भावुक देखिनु भयो तर आफ्नो भाषणमा एक शव्द पनि राजनीतिको कुरा निकाल्नु भएन । अपाङ्गहरुको अधिकार र सुविधाका लागि आफु सहितका नेताहरुले संसदमा प्रस्ताव पेश गरेपनि संसद विघटन भएपछि लागु गर्न नसकेको तर अव वन्ने संविधानमा सुनिश्चित गर्ने आश्वासन दिनुभयो । आफ्नै छोरी घरमा २४ वर्षदेखि वौद्धिक अपाङ्ग भएर विताएको कष्टकर जिवनको पीडा सुनाउँदै परिवारको माया र अवसर विना अपाङ्गको जिवन कारुणिक हुने भएकाले परिवार र समाजले माया गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा अधिकांश वक्ताले अपाङ्गहरुलाई राज्यले दिएको सुविधा व्यवहारमा लागु हुन नसकेको वताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मीमा वौद्धिक अपाङ्गहरुको संख्या वढेको र तथ्यगत अपाङ्गहरुको तथ्याङ्क लिन नसकिएको वताउँदै सरकारी निकायवाट दिन सकिने सुविधामा कमी कमजोरी भएको भए सुझाव दिन आग्रह गरेका थिए । तर अपाङ्ग नेताहरुले यातायातमा सरकारले दिएको ५० प्रतिशत छुट समेत लागु गर्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका वुद्धि जिसी, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका कृष्ण सुनार, नेकपा माओवादीका इन्चार्ज विरवहादुर कार्की, राष्ट्रिय जनमोर्चाका हरी न्यौपाने, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल, वौद्धिक अपाङ्गताका अभिभावक महासंघका केन्द्रीय सदस्य एवं राष्ट्रिय अपाङ्ग महासंघका महासचिव रघुनाथ मरासिनी, नेपाल अपाङ्ग एकता समाज गुल्मीका अध्यक्ष घनवहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अपाङ्ग पुनस्थापना केन्द्रको भवन निर्माणका लागि महिला विकास अधिकारी जमुना पौडेलले ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । अपाङ्ग पुनस्थापना केन्द्रको भवन निर्माणका लागि वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीले तमघास गाविसको वार्ड नं. ६ मा घडेरी खरीद गरिसकेको जानकारी गराएको थियो । दुई दिनसम्म चल्ने तालिममा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, प्यूठान, वाग्लुङ्ग लगायत १७ जिल्लाका वौद्धिक अपाङ्गता भएकाहरुको अभिभावकहरुको सहभागिता रहेको छ । कार्यक्रममा रेसुङ्गा विकास वैँकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, आशा अपाङ्ग केन्द्रका अध्यक्ष एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका प्रेम सुनार लगायतको उपस्थिति रहेको थियो । संघले अपाङ्गहरुलाई वाख्रा तथा मौरी पालन कार्यक्रम संचालन गरेको जनाएको छ ।
वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिलवहादुर थापाको स्वागत मन्तव्य र सचिव मेघलाल पाण्डेको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग