Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्याराडोना फेरि 'लभ' चक्करमा

Published on 1:39:00 PM //

ब्युनस आयर्स, फागुन १८ (एजेन्सी)- अर्जेन्टिनी फुटबलका महान् हस्ती डिएगो म्याराडोनाको नाम फेरि एक युवतीसँग जोडिएको छ। पछिल्लो केही दिनयता स्थानीय सञ्चारमाध्यमले म्याराडोना २२ वर्षे रोसियो जेराल्डिने ओलिभासँग प्रेमसम्बन्धमा रहेको जनाएका छन्।
५२ वर्षे म्याराडोनाले रोसियोसँगको सम्बन्ध पुष्टि नगरे पनि अस्वीकार पनि गरेनन्। म्याराडोनाले 'रोसियो म तिमीलाई माया गर्छु' लेखिएको पोस्टर बोकेको तथा दुईले ग्साल टोस्ट गरेको तस्बिर पछिल्ला दिनमा अर्जेन्टिनी सञ्चारमाध्यममा छाएका छन्।

'म म्याराडोनासँगको अफेयरमा अत्यन्तै ठीक र खुसी छु,' ओलिभाले बुधबार एक टेलिभिजन अन्तर्वार्तामा भनिन्, 'दुनियाले जे भने पनि मलाई त्यसको कुनै मतलब छैन। हामी एकअर्कालाई माया गर्छौँ, मलाई यति मात्र मतलब छ।'

लामो समयदेखि म्याराडोनाको पार्टनर रहँदै आएकी भेरोनिका ओजेडाले दुई साताअघि छोरा जन्माएसँगै नयाँ रोमान्सको सिलसिला सुरु भएको बताइएको छ। नवजात शिशुको नाम डिएगो फर्नान्डो राखिएको छ। फर्नान्डो म्याराडोनाका पाँचौं औपचारिक सन्तान हुन्। उनकी श्रीमती क्लाउडिया भिलाफेनबाट दुई छोरी डाल्मा र जियानिनाको जन्म भएको थियो भने अन्य दुई सन्तानलाई उनले स्वीकारेका छैनन्। तथापि अदालतले भने म्याराडोनालाई नै ती सन्तानको पिता भएको भन्दै उनीहरूको भरणपोषण गराउन लगाइरहेको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग