Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन दिनको प्रयासपछि बिद्यालयमा ब्यवस्थापन समितिको गठन

Published on 12:43:00 PM //

पि.एम.मगर
गुल्मी, फागुन २६ – तीन दिनको लगातारको प्रयासवाट गुल्मी मरभुङ्गमा रहेको मालिका उच्च माध्यमिक विद्यालयले व्यवस्थापन समितिको नयाँ नेतृत्व पाएको छ ।
भेलाले अर्जुन गिरीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समितिको नेतृत्व चयन गरेको हो । नवनिर्वाचित समितिको सदस्यहरुमा कृष्ण सुनार, सावित्रा अर्याल, गजिन्द्रवहादुर पौडेल, सुर्यवहादुर जिसी, दधिराम पौडेल, पुनम अर्याल, टिकावहादुर जिसी र सदस्य सचिव प्राचार्य चुरामणी शर्मा अर्याल रहनुभएको छ । सोही भेलाले पिताम्वर अर्यालको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको गठन गरेको छ भने दोर्णप्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा समाजसेवी तथा शिक्षाप्रमीहरु भेषवहादृुर जिसी, हरिवहादुर खड्का, चुरा थापा, सारदा अर्याल, धनवहादुर खड्का क्षेत्री, हिमवहादुर के.सी., दीर्घसिँह खत्री, नोखवहादुर पौडेल, वासु गिरी र सामाजिक परिचालक पिताम्वर पौडेल रहनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई श्रोत व्याक्ति दिवाकर अर्यालले अविर लगाईदिएर वधाई दिनुका साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि पाँच वर्षसम्म लगातार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रही सेवा पु¥याउनुभएका सुर्यवहादुर जिसीले पनि पदाधिकारीहरुलाई वधाई मन्तव्य राख्दै सधै विद्यालयको हितमा रही कार्य गर्न आग्रह गर्नुभएको थियो। सोही अवसरमा रियाले माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वेगमवहादुर चन्दले पनि वधाई मन्तव्य राख्नुभएको थियो । समितिका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले आफुले आफ्नो कार्यकाल अवधिभर सधै विद्यालयको हितको पक्षमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
प्राचार्य चुरामणी शर्मा अर्यालको स्वागत मन्तव्यवाट शुरु भएको घोषणा कार्यक्रम श्रोत व्याक्ति दिवाकर अर्यालको अध्यक्षता तथा शिक्षक कृष्णप्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । घोषणा कार्यक्रममा गाविस सविव गंगावहादुर घिमिरे, स्थानीय समाजसेवी, वुद्धिजीवि, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधी लगायत करिव ४ सय भन्दा वढी अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो । विहीवारदेखि शुरु भएको अभिभावकहरुको भेलावाट लामो प्रयासपछि आज मात्र व्यवस्थापन समितिको नयाँ नेतृत्व पाएको हो । अध्यक्ष पदका लागि दुई उम्मेद्वार वालु गिरी र अर्जुन गिरीले आफ्नो अडान नछाडेपछि गठन प्रकृया लम्विएको थियो । निर्विरोध रुपमा समिति गठनका लागि सहमति जुटाउन तीन सदस्यीय कार्य दलको समेत गठन गरिएको थियो। अन्तिम समयमा वालु गिरीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि समिति निर्विरोध वनेको हो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग